
नयाँ दिल्ली, 11 दिसम्बर (हि.स.)। पटपड़गञ्ज विधानसभा क्षेत्रमा छोरीहरूको सुरक्षालाई थप सशक्त बनाउनको लागि एक महत्वपूर्ण पायलट प्रोजेक्ट शुरू गरिएको छ। स्थानीय विधायक रविन्द्र नेगीले बिहीवार भने, मुख्यमन्त्री रेखा गुप्ताको निर्देशमा तयार गरिएको यस पहल अन्तर्गत स्कूलको छुट्टी भएको समयमा पुलिसकर्मीहरूको उपस्थिति तथा पीसीआर भ्यानको नियित तैनाथी रहनेछ।
रविन्द्र नेगीले एक्स पोस्टमा भने, यो कदमले त्यो अवस्थालाई अझ सुरक्षित बनाउनेछ जहाँ हाम्रा छोरीहरू निश्चित भएर घर फर्किन सकुन्। यो त्यै परम्परा हो जसलाई पिँढ़ीहरूले सम्हाल्दै आइरहेका छन् जहाँ समाजले आफ्ना छोरीहरूलाई सुरक्षा, सम्मान र आत्मविश्वासको साथमा दिन्छ। आज हामीले यसलाई अझ सशक्त बनाइरहेका छौं।
यसपूर्व विधायकले पूर्वी स्कूल ब्लक मण्डावलीमा सड़क र नाली निर्माण कार्यको उद्घाटन गरे। यस अवसरमा निगम पार्षद शशि चाँदना उपस्थित थिइन्। उनले भनिन्, यो निर्माण कार्यले क्षेत्रवासीहरूको दैनिक जीवनमा नयाँ सुविधा,सुरक्षा र सुगमता लिएर आउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा