पतिको अवैध सम्बन्धबाट व्याकुल महिलाको मृत्यु, उत्तर शान्तिनगरमा तनाउ
पतिको अवैध सम्बन्धबाट व्याकुल महिलाको मृत्यु, उत्तर शान्तिनगरमा तनाउ


सिलगढ़ी, 11 दिसम्बर (हि. स.)। पतिको अवैध सम्बन्धलाई सहन गर्न नसकेर एकजना महिलाले विष सेवन गरेकी थिइन्। बिहीवार बिहान सिलगढ़ीको एक नर्सिंग होममा उत्तर शान्तिनगर निवासी झरना सरकारको मृत्यु भयो। घटनाको कारणले क्षेत्रमा तनाउ फैलिएको छ।

परिवारको आरोप छ, झरनाका पति भजन सरकारको लामो समयदेखिकै छिमेकी माम्पी सरकारसित अवैध सम्बन्ध थियो। यो सम्बन्धलाई झरनाले सहन गर्न सकिरहेकी थिइनन्। त्यसैले तिनले गत 9 दिसम्बरमा विष खाएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। तबदेखि नै तिनी नर्सिंग होममा उपचाराधिन थिइन्। बिहीवार बिहान उनको मृत्यु भयो। यो खबर फैलिनसाथ क्षेत्रमा आक्रोश व्याप्त भयो।

आक्रोशित मानिसहरूले माम्पी सरकारको घरमा तोड़फोड़ गरिदिए। भीड़ र पुलिसबीच धक्का-मुक्का पनि भयो। स्थिति बिग्रिँदै गरेको देखेर आशिघर पुलिस चौकी र भक्तिनगर थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसको तत्परतामा माम्पी सरकार र उसको परिवारलाई बचाएर थानामा लगियो। क्षेत्रमा फेरि तनाउ नफैलिन दिनको लागि अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande