
सिलगढ़ी, 11 दिसम्बर (हि.स.)। सिलगढ़ी–जलपाईगुड़ी राष्ट्रिय राजमार्गमा फूलबाड़ीको आमायदिघी क्षेत्रमा बिहीवार साँझ टोटो र मालवाहक वाहन आपस्तमा ठोक्कियो जसले गर्दा तीनजना मानिसहरू घाइते भए।
जानकारी अनुसार फूलबाड़ीबाट यात्रीहरूलाई लिएर एउटा टोटो जोटियाकाली तर्फ गइरहेको थियो, यसै अवधि आमायदिघी क्षेत्रमा विपरीत दिशाबाट आइरहेको एक मालवाहक वाहनसित उक्त टोटोको भिड़न्त भयो। यस घटनामा टोटो चालक सहित दुईजना यात्रीहरू गम्भीर रूपमा घाइते भए।
स्थानीय मानिसहरूको सहयोगमा सबै घाइतेहरूलाई फूलबाड़ीको एक निजी अस्पतालमा भर्ती गरियो। घटनाको सूचना पाउनसाथ फूलबाड़ी हाइवे ट्राफिक आउट पोस्ट र एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले दुवै वाहनलाई कब्जामा लिएर दुर्घटनाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा