
उधमसिंह नगर, 11 दिसम्बर (हि.स.)। बुधबार राति 25 हजार रूपियाँ इनामी बदमाश गुरबाज सिंह मोनुको जिल्लाको गदरपुर पुलिस टीमसित भिड़न्त भयो। भिड़न्तमा बदमाशलाई खुट्टामा गोली लाग्यो।
एसएसपी मणिकान्त मिश्रले बताए, हिजो राति गुलारभोज क्षेत्रमा चेकिङको क्रममा पुलिसले वान्टेड र फरार अपराधी गुरबाज सिंहलाई देख्यो। जब पुलिसले गुरबाजलाई पक्राउ गर्न घेराबन्दी गऱ्यो, तब उसले पुलिस टीममाथि गोली चलाउन थाल्यो। पुलिसको जवाबी कारबाहीमा अपराधीको खुट्टामा गोली लाग्यो। अपराधीलाई पक्राउ गरी उपचारको लागि जिल्ला अस्पतालमा भर्ती गरिएको छ।
उनले भने, पक्रा परेको अपराधी विरुद्ध उत्तर प्रदेशको रामपुर जिल्ला बाहेक गदरपुर, बाजपुर, दिनेशपुर,नानकमत्तामा 17 भन्दा बढ़ी गम्भीर मुद्दा दर्ता छन्। अपराधीमाथि 25 हजार रूपियाँको पुरस्कार घोषणा गरिएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी