सरदार वल्लभभाई पटेलको पुण्यतिथिमा मुख्यमन्त्री सरमाको श्रद्धाञ्जली
सरदार वल्लभभाई पटेलको पुण्यतिथिमा मुख्यमन्त्री सरमाको श्रद्धाञ्जली


गुवाहाटी, 15 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले भारतका लौह पुरुष सरदार वल्लभभाई पटेलको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, आफ्नो अडिग संकल्प अनि दृढ़ नेतृत्वको माध्यमबाट सरदार बल्लभभाई पटेलले देशका विभिन्न राजा-रजौड़ाहरूलाई एक सूत्रमा बाँधेर एक सशक्त तथा एकीकृत भारतको निर्माण गरे। उनले भने, सरदार पटेलको दूरदर्शी तथा राष्ट्र निर्माणप्रति उनको अटुट प्रतिबद्धता आज पनि देशको लागि मार्गदर्शक प्रकाशस्तम्भ बनेको छ।

डा. सरमाले भने, लौह पुरूषको विचार, आदर्श अनि योगदानले सदैव देशवासीहरूलाई राष्ट्रिय एकता, अखण्डता अनि सुदृढ़ भारतको निर्माणको लागि प्रेरित गरिरहनेछ। मुख्मन्त्रीले सरदार बल्लभभाई पटेललाई नमन गर्द उनको पुण्यतिथिमा श्रद्धापूर्वक श्रद्धाञ्जली अर्पण गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande