बारासातमा स्पा सेन्टरको आड़मा भइरहेको थियो देह व्यापार, 15 जना समातिए
बारासातमा स्पा सेन्टरको आड़मा भइरहेको थियो देह व्यापार, 15 जना समातिए


उत्तरी 24 परगना, 15 दिसम्बर (हि.स.)। उत्तर 24 परगना जिल्लाको बारासातमा एक स्पा सेन्टरको आड़मा भइरहेको देह व्यापारको धन्दाको स्थानीय पुलिसले भण्डाफोर गरेको छ। गुप्त सूचना पाएपछि अशोकनगर थानाको पुलिसले बारासातको एक आवासीय क्षेत्रस्थित स्पा सेन्टरमा छापा माऱ्यो जहाँबाट पुरूष अनि महिलाहरू सहित 15 जना मानिसहरूलाई हिरासतमा लियो।

यस गिरोहलाई संचालन गरेको आरोपमा स्पा सेन्टरका म्यानेजर इसराइल शेखलाई पक्राउ गरिएको छ। यस गिरोहको पछाड़ि कुनै ठूलो नेटवर्क लुकेको छ कि छैन, पुलिसले जाँच गरिरहेको छ। हिरासतमा लिइएका युवा-युवतीहरूलाई अशोकनगर थानाको पुलिसले बारासत थानालाई सुम्पिइएको छ।

बारासातको जेशोर रोडको काजीपाड़ा क्षेत्रमा रिजेन्ट गार्मेन्ट नामक एउटा फ्याक्ट्री छ। यसका वरपर विभिन्न दोकानहरू छन्। यहीँ एउटा स्पा पनि छ। स्थानीय मानिसहरूको दाबी छ, उक्त स्पामा महिला अनि पुरूषहरूको आवागमन भइरहन्छ। उनीहरूमध्ये कोही पनि यस क्षेत्रको होइन।

तथापि स्थानीय मानिसहरूलाई स्पामा प्रवेश गर्नदेखि रोक लगाइएको थियो। कैयौं पटक स्थानीय मानिसहरूलाई स्पा परिसरबाटै फर्काइदिएको थियो। क्षेत्रवासीको आरोप छ, यस स्पाको आड़मा लामो समयदेखिकै देह व्यापार भइरहेको थियो।

केही दिनअघि अशोकनगर थानामा एकजना व्यक्तिले लिखित रूपमा सिकायत दर्ता गरायो। सोही सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो। गए आइतवार साँझ पुलिस अधिकारी अशोकमणि नस्करको नेतृत्वमा पुलिस बलले घटनास्थलमा पुगेर छापा माऱ्यो। छापामारीमा 15 जना महिला अनि पुरूषहरूलाई समातियो। यस सन्दर्भमा बारासात पुलिस जिल्लाका अतिरिक्त एसपी दुर्बार बन्द्योपाध्यायले बताए, सम्पूर्ण मामिलाको जाँच गरिँदैछ। धेरैजनालाई हिरासतमा लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande