
मुर्शिदाबाद, 15 दिसम्बर (हि.स.)। जिल्लाको फरक्का थाना अन्तर्गत एनटीपीसीको केंदुआ ऐशपन्डमा एकजना मानिसले आफ्नै भाइको हत्या धारिलो हतियारले प्रहार गरी गऱ्यो। यो घटना गए आइतवार भएको हो।
मृतकको पहिचान 48 वर्षीय आलम शेखको रूपमा भएको छ जो ऐशपन्डमा नाइट वाचम्यानको रूपमा कार्यरत् थिए। आइतवार काममा गइरहेको समय पन्ना शेख नामक व्यक्तिले धारिलो हतियारले प्रहार गरी उनको हत्या गरिदियो। फरक्का थानाको पुलिसले मामिलाको जाँच शुरू गरेको छ। तथापि सोमवार बिहानसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको थिएन।
स्थानीय सूत्रबाट थाहा लागे अनुसार वर्ष 2015-मा ग्रामीण विवादको कारणले जोड़पुकुरिया गाउँमा हत्याको एउटा घटना घटेको थियो। आरोप छ, पन्ना शेखको भाइ तौफिक शेखलाई घरबाट घिसारेर बाहिर लगेर हत्या गरिदिएको थियो। मृतक आलम शेख सहित केही मानिसहरूविरूद्ध हत्याको आरोप लागेको थियो। उनीहरूविरूद्ध फरक्का थानामा मामिला दर्ता गरिएको थियो। पुलिसले उनीहरूलाई पक्राउ पनि गरेको थियो। लामो समयसम्म जेलमा बसेपछि आलम शेखलाई जमानत प्राप्त भयो। भाइको हत्यापछि दाज्यु पन्नाले ज्यान जाने डरले गाउँ छोड़ेर भागेको थियो।
भनिन्छ, लगभग दुई महिनाअघि पन्ना शेख लामो समयको निर्वासित जीवनपछि जोड़पुकुरिया गाउँमा आएर यहीँ बस्न थाल्यो। मृतक आलम शेखका दाज्यु नबी शेख तृणमूल कंग्रेसका स्थानीय नेता हुन्। नबी शेखकी पत्नी हसनारा बीबीतृणमूल कंग्रेसको फरक्का पञ्चायत समितिकी सदस्य हुन्।
गए आइतवार राती आलम शेख एनटीपीसीको केंदुआ ऐशपन्डमा नाइट वाचम्यानको काम गर्न गइरहेको थियो। आरोप छ, पन्ना शेख सहित केही मानिसहरूले तिनीमाथि हमला गरे। आलम शेखको धारिलो हतियारले हत्या गरेपछि उनीहरू क्षेत्रबाट भागे। घटनास्थलमै आलमको मृत्यु भयो। पछि पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई जंगीपुर महकुमा अस्पतालमा पठाइदियो।
मृतकका दाज्यु नबी शेखले बताए, पन्ना गाउँमा फर्किसकेपछि पनि आशंकित थियो। उसले फेरि पनि गाउँमा झगड़ा उत्पन्न गराउने चेष्टा गरिरहेको थियो। तर मैले सोचेको पनि थिइनँ कि उसले मेरो भाइको यस्तरी बर्बरतापूर्वक हत्या गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा