खेल्दै गर्दा तलाउमा डुबेर किशोरको मृत्यु
खेल्दै गर्दा तलाउमा डुबेर किशोरको मृत्यु


मेदिनीपुर, 15 दिसम्बर(हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी थाना क्षेत्रमा गए आइतवार साँझ एक पीड़ादायी घटना भएको प्रकाशमा आएको छ। मामाको घर नजिकै खेल्दै गर्दा तलाउमा डुबेर 14 वर्षीय किशोरको मृत्यु भयो। मृतककि पहिचान सुरजीत सिंहको रूपमा भएको छ जो बेलदा थाना अन्तर्गत खटनगरका निवासी थिए।

पुलिस र स्थानीय सूत्र अनुसार सुरजीत आफ्नी आमासित केशियाड़ी थाना अन्तर्गत कुलियाड़ामा आफ्नो मामाको घरमा बस्दै आएको थियो। आइतवार अपरान्ह घर नजिकै अवस्थित एक मैदानमा खेल्न गएको सुरजीत अबेर रातीसम्म पनि घरमा फर्केर आएन। त्यसपछि आफन्तहरूले वरपर खोजतलास गरे। सबैतिर खोजिसकेपछि राती लगभग 9 बजे मामाको घर नजिकै रहेको तलाउमा सुरजीतको शव तैरिरहेको देखियो। स्थानीय मानिसहरूको सहयोगमा उसलाई तुरून्तै बेलदा सुपर स्पेशलिटी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

घटनाको सूचना पाउनसाथ बेलदा थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले मामिलामा अस्वभाविक मृत्युको मुद्दा दर्ता गरेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइयो। किशोरको शव तलाउमा कसरी पुग्यो यसलाई लिएर परिवारका सदस्यहरू असमञ्जस्यताको स्थितिमा छन्। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande