
कोलकाता, 15 दिसम्बर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा पोस्ट गरी महान तबला वादक उस्ताद जाकिर हुसैनलाई उनको पहिलो पुण्यतिथिमा स्मरण गरिन।मुख्यमन्त्री ममता ब्यानर्जीले आफ पोस्टमा लेखिन्, महान तबला उस्ताद जाकिर हुसैनको पहिलो पुण्यतिथिमा उनलाई याद गरिरहेकी छु।
उल्लेखनीय छ, उस्ताद जाकिर हुसैनको निधन 15 दिसम्बर 2024-मा भएको थियो। उनी भारतीय शास्त्रीय संगीतका एक महान स्तम्भ थिए। तबला वादनमा उनको योगदान अतुलनीय थियो। उनले भारतमा मात्र नभएर विश्वभरि नै भारतीय संगीतलाई नयाँ उचाईँसम्म पुऱ्याए। उनको निधनबाट संगीत जंगतलाई अपूरणीय क्षति भएको थियो। उनको पहिलो पुण्यतिथिमा देशभरिकै कलाकार, संगीत प्रेमी तथा राजनेताहरूले उनलाई श्रद्धाञ्जली दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा