
कामरूप (असम), 15 दिसम्बर (हि.स.)। सोमवार असमका विभिन्न क्षेत्रहरूका सड़कहरूमा गुड़िरहेका वाहनहरूमा आगो लागेको दुई भिन्न घटनाहरू प्रकाशमा आएको छ। घटनाको कारणले केही बेरसम्म कोकोहोलो मचियो। तथापि दुवै घटनामा कुनै पनि प्रकारको ज्यानहानि भएको सूचना प्राप्त भएको छैैन।
कमलपुरमा एउटा अल्टो के 10 कार गुड़िरहेको अवस्थामा आगोको चपेटमा पऱ्यो। वाहनबाट धुँवा निक्लिरहेको देखेपछि तुरून्तै चालकले कारलाई रोकेर कार बाहिर निक्ले जसले गर्दा उसको ज्यान बच्यो। सूचना पाएर दमकल विभागको टीमले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गऱ्यो। तर त्यसबेलासम्ममा कार पूर्ण रूपले जलेर नष्ट भइसकेको थियो। प्रारम्भिक रूपमा आगलागीको कारण तकनिकी खराबीलाई मानिएको छ।
यसरी नै रंगिया रोडमा एउटा ट्रकमा आगो लाग्यो जसकारम सड़कमा यातायात प्रभावित भयो। दमकल कर्मीहरूले घटनास्थलमा पुगेर आगोलाई निभाए। यस घटनामा पनि कुनै प्रकारको जनहानि भएको छैन। पुलिस तथा सम्बन्धित विभागले दुवै मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा