
पुरुलिया, 15 दिसम्बर (हि.स.)। पुरुलिया शहरको व्यस्त बस स्ट्याण्डक्षेत्रमा गए आइतवार अबेर राती भयानक आगो लाग्यो। घटनापछि क्षेत्रमा खैलाबैैला भयो।
सूत्र अनुसार, राति लगभग 11:30 बजे बस स्ट्याण्ड नजिकै अवस्थित एउटा दोकानमा अचानक आगो लाग्यो, हेर्दा-हेर्दै आगो वरपरका दोकानहरूमा पनि फैलियो जसबाट स्थानीय मानिसहरू भयभित भए। आगो लागेपछि आकाशमा कालो धुँवाको मुस्लो देखियो। घटनाको खबर पाउनसाथ स्थानीय मानिसहरू सहित दोकान मालिकहरू घटनास्थलमा पुगे। कतिपय मानिसहरूले आगोलाई निभाउनमा सहयोग गरिरहेको देखियो भने दोकान मालिकहरूलाई आफ्नो दोकानको सामानहरूलाई बचाउने ूप्रयास गरिरहेको देखियो।
सूचना पाएर पुरुलिया अग्निशमन विभागका तीन वटा दमकल वाहनहरू घटनास्थलमा पुगे। लामो संघर्षपछि आगोलाई नियन्त्रण गरियो। पुरुलिया सदर थानाको पुलिस बललाई पनि घटनास्थलमा तैनाथ पारियो ताकि स्थितिलाई नियन्त्रण गर्न सकियोस्। यस घटनामा कुनै प्रकारको जनहानि भएको छैन। तथापि दोकान मालिकहरूलाई ठूलो आर्थिक नोक्सान भएको छ।
स्थानीय मानिसहरूको आरोप छ, बस स्ट्याण्ड क्षेत्रमा विगत लामो समयदेखिकै कतिपय दोकानहरू अनौपचारिक रूपमा संचालन भइरहेका थिए जसबाट आगो द्रूत गतिमा फैलिने स्थिति उत्पन्न भयो। आगलागीको सही कारण अहिलेसम्म थाहा लाग्न सकेको छैन। दमकल विभाग र पुलिसले मामिलाको जाँच शुरू गरेको छ। प्रारम्भिक रूपमा आगो कुनै प्याकेट हाउस वा नजिकैको दोकानबाट लागिको हुनसक्छ।
घटनाबाट प्रभावित दोकान मालिकहरूले गहिरो चिन्ता व्यक्त गर्दै भने, उनीहरू वर्षौंदेखिको यहाँ व्यापर गर्दै आइरहेका छन्, तर यस आगलागीमा सबै बर्बाद भयो। यसले ठूलो आर्थिक संकट उत्पन्न गरिदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा