सरदार पटेललाई ममता ब्यानर्जीले पुण्यतिथिमा दिइन् श्रद्धाञ्जली
सरदार पटेललाई ममता ब्यानर्जीले पुण्यतिथिमा दिइन् श्रद्धाञ्जली


कोलकाता, 15 दिसम्बर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा पोस्ट गरी 'भारतका लौह पुरुष' सरदार वल्लभभाई पटेललाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरिन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो पोस्टमा लेखिन्, आधुनिक भारतका निर्माताहरूमध्ये एक, 'भारतका लौह पुरुष' सरदार वल्लभभाई पटेललाई उनको पुण्यतिथिमा मेरो श्रद्धाञ्जली। हामी राष्ट्रप्रति उनको अनुकरणीय सेवालाई नमन गर्दछौं।

सरदार वल्लभभाई पटेल आधुनिक भारतका निर्माताहरूमध्ये एक थिए। स्वतन्त्र भारतको पहिलो गृहमन्त्रीको रूपमा उनले 562 देशी राजा-रजौड़ाहरूलाई भारतीय संघमा विलय गर्ने ऐतिहासिक कार्य गरे। उनको दृढ़ संकल्प अनि कुशल कुटनीतिले भारतलाई एक अखण्ड राष्ट्र बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

सरदार पटेलको राष्ट्रप्रति अनुकरणीय सेवा औ समर्पण आज प्रेरणाको स्रोत हो। उनको नेतृत्वमा भारतले एकता र अखण्डताको मजबुत आधार राख्यो। उनको पुण्यतिथिमा देशभरिबाटै नेता अनि नागरिकहरूले उनलाई स्मरण गरे अनि उनको आदर्शलाई अगाड़ि बढ़ाउने संकल्प लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande