युवाभारती हिंसाः आयोजक शतद्रुको संस्थाका छःजना सदस्यलाई पुलिसको नोटिस
युवाभारती हिंसाः आयोजक शतद्रुको संस्थाका छःजना सदस्यलाई पुलिसको नोटिस


कोलकाता, 15 दिसम्बर (हि.स.)। लियोनेल मेसीको कोलकाता समेत भारत दौड़ाहका मुख्य आयोजक शतद्रु दत्तलाई गत शनिवार कोलकाता एयरपोर्टबाट पक्राउ गरिेको थियो। अब बिधाननगर पुलिसले उनको संस्थाका छःजना सदस्यहरूलाई नोटिस जारी गरेको छ। सबैलाई मंगलवार नै जाँचबुझको लागि उपस्थित हुन भनिएको छ। सल्टलेकको युवाभारती क्रीड़ांगनमा आयोजित मेसीको कार्यक्रममा व्यापक अव्यवस्था भएको कारणले यो कारबाही गरिएको हो। त्यस दिन स्थिति यतिसाह्रो अनियन्त्रित भएको थियो कि हिंसा भएकोले मेसीलाई 16 मिनटमै मैदान छोड़्नु परेको थियो।

आरोप छ, ग्यालरीबाट दर्शकहरूले मेसीको एक झलक समेत पाउन सकेनन्। उनी मैदानमा पुग्नसाथ लगभग एक सयजना मानिसहरूले उनलाई घेरेर उभिए। यसमा नेता, मन्त्री,आयोजनसित सम्बन्धित अधिकारी तथा तस्वीर लिने मानिसहरू सामेल थिए। मेसी आफ्नो साथी खेलाड़ी लुइस सुआरेज र रोड्रिगो डी पलसित आएका थिए। भीड़को धक्का-मुक्कामा सुआरेजको भुँड़ीमा कुहिनोले लाग्यो भने डी पलको हतमा नङले कोतारियो। तीनै खेलाड़ी असहस स्थितिमा मैदानबाट बाहिरिए। मेसीलाई उनका सुरक्षा कर्मीहरूले तत्कालै त्यहाँबाट हटाए।

मेसी गएपछि युवाभारतीमा उपस्थित दर्शकहरू भड़्किए। आक्रोशित भीड़ले स्टेडियममा तोड़फोड़ गर्न शुरू गऱ्यो। चौकीहरू उखालेर मैदानमा फालिदिए। हजारौं मानिसहरू मैदानभित्र पसे अनि पुलिसलाई लखेटे। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसलाई एक घण्टाभन्दा अधिक समय लाग्यो।

सोही दिन शतद्रु मेसीसित हैदराबाद जानेवाले थिए, तर एयरपोर्टबाटै विधाननगर पुलिसले उनलाई हिरासतमा लियो। आइतवार विधाननगर महकुमा अदालतले शतद्रुको जमानत याचिकालाई खारेज गर्दै 14 दिनको पुलिस हिरासतमा पठाइदियो। त्यसपछि पुलिसले उनको कम्पनीसित सम्बन्धित अन्य अधिकारीहरूलाई पनि बोलाउन शुरू गरेको छ।

यस सम्पूर्ण मामिलाको जाँच गर्नको लागि मुख्यमन्त्री ममता ब्यनर्जीले सेवानिवृत्त न्यायाधीश असीम कुमार रायको अध्यक्षतामा एउटा जाँच समिति गठन गरेको छ। समितिमा मुख्य सचिव मनोज पन्त र गृह सचिव नन्दिनी चक्रवर्ती पनि सामेल छन्।

जाँचमा आयोजकहरूको गम्भीर लापरवाही सामु आइरहेको छ। आरोप छ, मेसीको भ्रमणलाई लिएर कुनै ठोस योजना बनाएको थिएन। मेसी कहिले आउँछन्, के गर्नेछन्, कहाँ बस्नेछन् यसको जानकारी कसैसित पनि थिएन। आयोजकहरूले यस बारेमा प्रशासनसित पनि समन्वय गरेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande