लौह पुरूष सरदार पटेललाई पुण्यतिथिमा सुकान्त मजुमदारले दिए श्रद्धाञ्जली
लौह पुरूष सरदार पटेललाई पुण्यतिथिमा सुकान्त मजुमदारले दिए श्रद्धाञ्जली


कोलकाता, 15 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का पूर्व प्रदेश अध्यक्ष औ केन्द्रिय मन्त्री सुकान्त मजुमदारले सोमवार सोशल मीडिया प्लेटफर्म एक्स (पूर्वमा ट्विटर)-मा पोस्ट गरी भारतका 'लौह पुरुष' सरदार वल्लभ भाई पटेललाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे।

आफ्नो पोस्टमा सुकान्त मजुमदारले लेखे, राष्ट्रिय एकता औ अखण्डताका मूर्त प्रतीक, राष्ट्रवादी नेता, शक्तिशाली भारतका महान निर्माता 'लौह पुरुष' सरदार वल्लभभाई पटेलजीको पुण्यतिथिमा गहिरो श्रद्धाञ्जली औ विनम्र प्रणाम।

उल्लेखनीय छ, सरदार वल्लभभाई पटेल स्वतन्त्र भारतको पहिलो गृहमन्त्री थिए। उनले 562 राजा-रजौड़ाहरूलाई भारती संघमा विलय गराएर राष्ट्रिय एकता अनि अखण्डताको आधार राखे। उनको दृढ़ संकल्प तथा कुशल कुटनीतिकै कारणले आज भारत एक अखण्ड राष्ट्रको रूपमा उभिएको छ।

सरदार पटेललाई 'लौह पुरुष'- को उपाधि उनको दृढ़ निश्चय र अटुट इच्छाशक्तिको कारणले दिइएको थियो।उनले देशको एकता अनि सम्प्रभुताको लागि अथक परिश्रम गरे। उनको योगदान भारतीय इतिहासमा अमर छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande