पश्चिमी हावाको प्रभावबाट बंगालमा घट्यो जाड़ो
weather


कोलकाता, 15 दिसम्बर (हि.स.)। पौष महिनेको संघारमा पुगेर पनि पश्चिम बंगालमा जाड़ोले आफ्नो गति समात्न सकेको छैन। आम रूपमा अहिलेघरि जाड़ो औधी हुनुपर्ने हो, तर यसपालि स्थिति भिन्नै छ। सोमवार कोलकातामा जाड़ोको प्रभाव धेरै कमजोर देखियो। गए आइतवार अपरान्हको समयमा मौसम दिसम्बरको होइन फरवरीको अन्तिम हप्ताको जस्तै लागिरहेको थियो।

मौसम विभागले बताएको छ, बिहान जाड़ो अवश्य भइरहेको छ, तर घाम चर्किकनसाथ गर्मी बढ़िरहेको कारणले मौसममा बद्लाउ आइरहेको छ।

मौसम विभाग अनुसार उत्तर-पश्चिम दिशाबाट आएको मौसमको असरले गर्दा जाड़ो अनि सुक्खा हावाको बहाव हाल कमजोर भएको छ। फलस्वरूप उत्तर भारतबाट आउने चिसो दक्षिण र पूर्वी भागसम्म पुग्न सकिरहेको छैन। अर्कोतिर दक्षिण-पूर्व दिशाबाट नमीपूर्ण हावा आइरहेको जसले गर्दा दिउँसो गर्मी भइरहेको छ भने रातीको तापमान पनि घटिरहेको छ।

दिसम्बरको पहिलो 14 दिनको कुरा गर्नु हो भने कोलकातामा न्यूयनतम तापमान दुई दिन मात्र 14 डिग्री लगभग पुग्नसक्यो। 8 दिनसम्म रातको तापमान 15 डिग्री लगभग रह्यो। तीन दिनसम्म न्यूनतम तापमान 17- 18 डिग्रीबीच दर्ता गरियो। यस महिनाको एक दिन पनि यस्तो रहेन जतिबेला दिनको तापमान 20 डिग्रीसम्म पुगेको होस्।

शुक्रवार शहरको न्यूनतम तापमान 14.8 डिग्री दर्ता गरिएको थियो जसबाट जाड़ो बढ़्ने आशा थियो। तर त्यसपछि मौसमले कोल्टे फेरेको कारणले जाड़ोको प्रभाव अचानक कमजोर भयो। आइतवार अपरान्हसम्म शहरमा स्पष्ट रूपमा गर्मीको जस्तै परिवेश थियो।

मौसम वैज्ञानिकहरूको भनाइ छ, आगामी केही दिनसम्म यस्तै स्थिति यथावत रहनसक्छ। जबसम्म उत्तर-पश्चिमबाट आएको मौसमको प्रबाव पूर्ण रूपमा समाप्त हुँदैन तबसम्म चिसो हावाको बहाव सामान्य हुनेछैन। त्यसपछि नै दक्षिण बंगालमा जाड़ो पुनः बढ़्ने सम्भावना छ।

उत्तर बंगालका जिल्लाहरूको अवस्था भिन्नै छ। दार्जीलिङ बाहेक अलिपुरद्वारमा रातीको तापमान 9.1 डिग्री अनि कुचबिहारको 9 डिग्रीसम्म पुगेको थियो। यद्यपि यी जिल्लाहरूमा पनि दिउँसो तापमान द्रूत गतिमा बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande