नदियाः आमाको गाली सहन गर्न नसकेर सातौं कक्षाको छात्रले गऱ्यो आत्महत्या
नदियाः आमाको गाली सहन गर्न नसकेर सातौं कक्षाको छात्रले गऱ्यो आत्महत्या


नदिया, 15 दिसम्बर (हि.स.)। नदिया जिल्लाको कल्याणीमा साथीहरूसित घुम्न जाने चाहने सातौं कक्षाको छात्रले आमाले साथीहरूसित जान नदिएको साथै गाली गरेको कारणले आत्महत्या गऱ्यो। कोठाबाट नाबालिकको झुण्डिरहेको शव उद्धार गरियो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँचमा जुटेको छ।

सूत्रबाट प्राप्त जानकारी अनुसार मृतकको नाम देवरति तपादार हो। स्थानीय स्कूलमा सातौं कक्षामा अध्ययनरत 14 वर्षीय देवरति कल्याण नगरपालिकाको वार्ड नम्बर-5 स्थित सीमान्त तलतलाक्षेत्र निवासी थियो जो आफ्ना माता-पितासित बस्थ्यो।

सूत्र मुताविक हालैमा देवरतिले आफ्ना साथीहरूसित घुम्न जाने योजना बनाएको थियो।स्वभाविक रूपमा उसले आमासित अनुमति माग्यो। तर उसलाई अनुमति दिनको सट्टा आमाले गाली गरिन्। यसबाट रूष्ट भएर उ आफ्नो कोठाभित्र गयो।

गए आइतवार साँझ लगभग 5 बजे आमाले कोठामा आफ्नो छोराको झुण्डिरहेको शव देखिन्। बुहारी रोई-कराई गरेको आवाज सुनेर वरपरका छर-छिमेकीहरू दौड़ेर गए। हतार-हतार देवरतिलाई तल उतारेर कल्याणी जवाहरलाल नेहरू मेमोरियल अस्पतालमा लगियो जहाँ ड्यूटीमा तनाथ डाक्टटरहरूले उसलाई मृत घोषित गरिदिए।

छोराको मृत्युवे परिवारका सदस्यहरूको रोएर बेहाल भएको छ। आमाको भनाइ छ, उसलेयस्तोकदमउठाउँछभनेर मैंले सोचेको पनि थिइनँ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ अनि अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande