जेटिया थाना क्षेत्रमा पुलिसको ठूलो कारबाही, ९० किलो गाँजा जफत
आरोपीहरु


ब्यारेकपुर (उत्तर २४ परगना), १६ दिसम्बर (हि.स.)। ब्यारेकपुर पुलिस कमिश्नरेटको डिटेक्टिभ विभाग (डीडी) को टोलीले जेटिया थाना पुलिससँग मिलेर सोमबार राति संयुक्त अभियान सञ्चालन गर्दै ठूलो कारबाही गरेको छ। जेटिया थाना क्षेत्रअन्तर्गत कांपा–जगुली रोडस्थित धर्मपुर होस्टल गेट नजिक एक व्यावसायिक सवारीसाधन (लरी) रोकेर जाँच गरिएको थियो।

पुलिसद्वारा गरिएको तलासीका क्रममा उक्त सवारीसाधनबाट लगभग ९० किलोग्राम गाँजा जस्तो मादक पदार्थ बरामद गरिएको छ। त्यसपछि नियमअनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गर्दै मादक पदार्थ जफत गरिएको हो।

यस घटनामा मुर्शिदाबाद जिल्लाको इस्लामपुर निवासी दुई अभियुक्त अब्दुल आलिम शेख (५५) र मोहम्मद आसिम फारुक (३५) लाई पक्राउ गरिएको छ। पुलिस स्रोतका अनुसार, दुवै अभियुक्त उक्त मादक पदार्थको अवैध कब्जामा फेला परेकाले उनीहरूविरुद्ध जेटिया थानामा मुद्दा दर्ता गरिएको छ।

पुलिसले जानकारी दिएअनुसार, पक्राउ परेका अभियुक्तहरूलाई पुलिस हिरासतको मागसहित सम्बन्धित अदालतमा पेश गरिनेछ। घटनाको जाॅंच जारी छ र मादक पदार्थ तस्करी सञ्जालसँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकाबारे पनि छानबिन भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande