खजुराहो अन्तरराष्ट्रिय चलचित्र महोत्सव आजदेखि शुरु, २० देशका प्रतिनिधि सहभागी बन्ने
सांकेतिक


– महोत्सव दिवंगत अभिनेता धर्मेन्द्र र असरानीलाई समर्पित

भोपाल, १६ डिसेम्बर (हि.स.)। मध्य प्रदेशको छतरपुर जिल्लामा अवस्थित विश्वप्रसिद्ध पर्यटकीय नगरी खजुराहोमा आजदेखि सातदिने खजुराहो अन्तरराष्ट्रिय चलचित्र महोत्सव भव्य रूपमा शुरु हुँदैछ। शिल्पग्राम परिसरमा २२ दिसम्बरसम्म चल्ने हुने यो महोत्सव दिवंगत अभिनेता धर्मेन्द्र र असरानीलाई समर्पित रहनेछ। यो खजुराहो अन्तरराष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण हो।

अभिनेता तथा खजुराहो अन्तरराष्ट्रिय चलचित्र महोत्सवका आयोजक राजा बुन्देलाले जानकारी दिँदै यस वर्ष २० देशका सांस्कृतिक प्रतिनिधिहरूले महोत्सवमा सहभागिता जनाउने बताए। मुम्बई फिल्म उद्योगका थुप्रै अभिनेता–अभिनेत्रीहरूका साथै धेरै विदेशी कलाकारहरू पनि यस महोत्सवमा सहभागी हुनेछन्। महोत्सवका गभर्निङ काउन्सिलर मनमोहन शेट्टी, रमेश सिप्पी, बोनी कपूर, गोविन्द निहलानी, प्रह्लाद कक्कड़, नितिन नन्दा र चन्द्रप्रकाश द्विवेदी विशेष रूपमा उपस्थित रहनेछन्। महोत्सव अवधि खजुराहो क्षेत्रका सात वटा टपरा सिनेमा हलमा उत्कृष्ट चलचित्रहरूको प्रदर्शन गरिनेछ। साथै नवोदित फिल्मकारहरूको चयनित सर्ट फिल्महरू पनि देखाइनेछन्।

राजा बुन्देलाले खजुराहो अन्तरराष्ट्रिय चलचित्र महोत्सवको यो ११औँ संस्करण दिवंगत चर्चित अभिनेता धर्मेन्द्र तथा अभिनेता असरानीलाई समर्पित रहेको जानकारी दिए। यसपटक पनि महोत्सवमा स्वदेशी तथा विदेशी चलचित्रहरूको प्रदर्शन हुनेछ, जसका लागि अघिल्ला वर्षहरूझैँ सात वटा टपरा सिनेमा हल तयार पारिएका छन्। यी हलहरू देश–विदेशका कलाकार, निर्माता–निर्देशक, चलचित्रप्रेमी, पर्यटक तथा स्थानीय दर्शकहरूका लागि आकर्षणको केन्द्र बन्नेछन्।

उनका अनुसार, प्रत्येक साँझ मुख्य मञ्चमा आकर्षक सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। मुख्य मञ्चमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरूको प्रस्तुति हुनेछ। कला, साहित्य, पत्रकारिता, समाजसेवा तथा सिनेमा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान पनि गरिनेछ। यसका अतिरिक्त फिल्म कलाकारहरूका लागि फिल्म तथा रंगमञ्च, प्रविधि कार्यशाला र मास्टर क्लासको विशेष आयोजना गरिनेछ, जसमा देश–विदेशका सहभागीहरू भाग लिनेछन्। भारतीय फिल्म तथा टेलिभिजन संस्थान, पुणे र राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीका विषय विशेषज्ञ, फिल्म निर्देशक तथा अभिनेता–अभिनेत्रीहरूले सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नेछन्। व्याख्यान सत्रमा फिल्म समीक्षक, पत्रकार तथा चलचित्र विज्ञहरूलाई आमन्त्रण गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande