एडीडीएको जमीनलाई अतिक्रमण मुक्त बनाउने पहलको दोकानदारहरूले गरे विरोध, महिलाहरू पनि उत्रिए सड़कमा
एडीडीएको जमीनलाई अतिक्रमण मुक्त बनाउने पहलको दोकानदारहरूले गरे विरोध, महिलाहरू पनि उत्रिए सड़कमा


आसनसोल, 17 दिसम्बर (हि.स.)। आसनसोल दुर्गापुर डेभलपमेन्ट बोर्ड वा अड्डाको ज़मीनमा निर्मित अवैध दोकानहरूलाई हटाउने पहललाई लिएर दुर्गापुरमा तनाउ बढ़ेको छ। गए मंगलवार दुर्गापुर जंक्शन शपिंग मलको नजिकै आसनसोल दुर्गापुर डेभलपमेन्ट बोर्डको जमीनमाथि कब्जा हटाउने अभियान शुरू मात्र भएको थियो दोकानदारहरूले विरोध गर्न थाले। यो प्रदर्शन बुधवार पनि जारी रह्यो। बुधवार स्थानीय महिलाहरूको अगुवाईमा व्यापक विरोध गरियो।

स्थानीय दुकानदारहरूको आरोप छ, हरेक महिना हरेकबाट 5 हजार रुपियाँ लिइन्थ्यो। साथै तृणमूल कंग्रेसका निलम्बित नेता देबांग्शु रायको नाम रंगदारीको आरोपसित मुछिएको छ। दोकानहरूलाई हटाइएपछि पीड़ित दोकानदारहरूले प्रश्न उठाएका छन्, यदि नियमित रूपमा पैसा लिन्थ्यो भने दोकानहरू कसको आदेशमा भत्काइयो?

क्षेत्रका दोकानदार अंकिता ब्यनर्जीले रूँदै सिकायत गरे, महिना-प्रतिमहिना पैसा लिए पनि अचानक दोकानहरूलाई हटाइएको कारणले उनीहरू सड़कमा पुगेका छन्। अब हामी कहाँ जानु? यस सम्बन्धमा जिल्ला तृणमूल कंग्गरेसका प्रवक्ता उज्जवल मुखर्जीले भने, आरोप साबित भएपछि कड़ा कारबाही गरिनेछ। सम्पूर्ण मामिलाको जानकारी पार्टी प्रमुखलाई दिइएको छ। एडीडीएको जमीनमा कुनै गैर-कानूनी दोकान छ कि छैन, त्यो उनीहरूको मामिला हो। स बारेमा हामीलाई भन्नु केही छैन।

तथापि देबांग्शु रायले आफूमाथि लगाइएको आरोपहरूलाई अस्वीकार गरेका छन्। उनले भने, ममाथि लगाएको आरोप पूर्ण रूपले आधारहीन छ। मैले केही गरेको छुइनँ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande