सातजना अवैध अनुप्रवेशकारीहरूलाई बंगलादेश फर्काइयो, मुख्यमन्त्रीले गरे सराहना
सातजना अवैध अनुप्रवेशकारीहरूलाई बंगलादेश फर्काइयो, मुख्यमन्त्रीले गरे सराहना


कछार (असम), 18 दिसम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, असमको धरतीमा अवैध रूपमा प्रवेश गर्ने सातजना अनुप्रवेशकारीहरूलाई कछार पुलिसले समातेर श्रीभूमि मार्ग भएर उनीहरूको आफ्नो देशमा पठाइदिएको छ।

मुख्यमन्त्रीले उक्त कारबाहीको लागि कठार पुलिसको सराहना गर्दै भने, असम पुलिसले राज्यको सुरक्षा अनि सीमाहरूको रक्षामा सशक्त भूमिका निर्वाह गरिरहेको छ जसको लागि सरकार आभारी छ।

डा. सरमाले स्पष्ट पारे, असममा अवैध रूपमा प्रवेश गर्नेहरूविरूद्ध सरकारले भविष्यमा अझ कड़ा कदम उठाउनेछ। उनले भने, राज्यको सुरक्षा, सामाजिक सन्तुलन तथा कानून व्यवस्थालाई कायम राख्नको लागि यस्तो कड़ा कारबाही गर्न आवश्यक छ।

यो कारबाहीले असम सरकारको अवैध अनुप्रवेशकारीहरूविरूद्ध ‘शून्य सहनशीलता’- को नीतिलाई दर्शाउँछ तथा जिल्ला स्तरमा पुलिसको सतर्कतालाई पनि रेखांकित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande