
कोलकाता, 18 दिसम्बर (हि.स.)। कृष्णनगर उत्तरका विधायक मुकुल रायको विधायक पदलाई रद्द गर्ने कलकत्ता उच्च अदालतको फसेलाविरूद्ध पश्चिम बंगाल विधानसभा सचिवालयले अब उच्च अदालतमा अपील गर्नेछैन। यो निर्णय कानूनी सल्लाह पश्चात लिइएको हो। विधासभाका स्पीकर बिमान बन्द्योपाध्यायले बिहीवार यसको पुष्टि गर्दै भने, “किनभने यस मामिलामा प्रतिपक्षी पक्ष मुकुल रायका पुत्र शुभ्रान्शु राय भएका कारणले यस मामिलामा पहल पनि उनीद्वारा नै गरिनेछ। विधानसभा सचिवालयले यस मामिलामा अब कुनै कदम उठाउनेछैन।”
कलकत्ता उच्च अदालतको डिभीजन बेञ्च जसमा न्यायाधीश देवांशु बसाक र न्यायाधीश शब्बर रशिदी सामेल थिए,-ले पछिल्लो 13 नोभेम्बर 2025- मा मुकुल रायको विधायक पदलाई रद्द गर्ने आदेश दिएको थियो। भाजपा संसदीय दलको दाबी छ, यो रद्दीकरण दलबदल अधिनिम अन्तर्गत गरिएको हो।
मुकुल रायले वर्ष 2021- को विधानसभा चुनाउमा कृष्णनगर उत्तर सीटबाट भाजपाको टिकटमा जीत हासिल गरेका थिए। 2 मईको जीतपछि उनले 11 जूनमा तृणमूल कंग्रेसमा सामेल भएर पार्टी परिवर्तन गरे। त्यसपछि विपक्षी नेता शुभेन्दु अधिकारीले उनलाई दलबदल विरोधी कानून अन्तर्गत कारबाही गर्नको लागि स्पीकर समक्ष आवेदन गरे, तर परिणाम हात नलागेपछि उनले मुकुल रायविरूद्ध अदालतमा मुद्दा दर्ता गराए। शुरूमा यो मामिला सुप्रीम कोर्टमा गरिएको थियो, तर सुप्रीम कोर्टले यसलाई हाई कोर्टमै सुल्झाउने निर्देश दियो।
यस अतिरिक्त भाजपाको कल्याणी सीटकी विधायक अम्बिका रायले पनि मुकुल पब्लिक अकाउन्ट्स कमिटी (पीएसयसी)-को अध्यक्ष पदमा आसिन रहेकोमा एउटा भिन्नै याचिका दर्ता गरेकी थिइन्। यी दुवै मामिलाको सुनवाई कलकत्ता उच्च अदालतको डिभीजन बेञ्चले गऱ्यो। गत 13 नोभेम्बरमा फसेला सुनाउँदै बेञ्चले दलबदल अधिनियम अन्तर्गत मुकुलको विधायक पदलाई खारेज गरिदियो।
विधानसभा सचिवालयको सूत्र अनुसार अदालतको फसेलापछि स्पीकर बिमान बन्द्योपाध्यायले राज्यका एडभोकेट जनरल किशोर दत्तबाट कानूनी परामर्श लिए। लगभग एक महिनाको चर्चापछि तय गरियो कि सचिवालयले यस मामिलामा उच्च अदालतमा कुनै अपील गर्नेछैन। किनभे मुकुलका पुत्र शुभ्रान्शु यस मामिलामा पक्षकार हुन्, त्यसैले अपीलको पहल पनि उनीद्वारा नै गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा