गौरव गोगोईले राजनीतिक भाषा बुझ्दैनन्: बदरुद्दीन अजमल
गौरव गोगोईले राजनीतिक भाषा बुझ्दैनन्: बदरुद्दीन अजमल


- एआईयूडीएफको फर्मुलालाई मानेन भने कंग्रेस शून्य हुनेछ: अजमल

गुवाहाटी, 18 दिसम्बर (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ)- का प्रमुख बदरुद्दीन अजमलले फेरि एकपटक असम प्रदेश कंग्रेस अध्यक्ष गौरव गोगोईमाथि धारिलो प्रहार गरेका छन्। अजमलले भने, गौरव गोगोईले राजनीतिक भाषालाई बुझ्दैनन् र उनी असमको धरातलीय राजनीतिक यथार्थदेखि टाड़ा छन्।

अजमलले चेताउनी दिँदै भने, यदि कंग्रेसले एआईयूडीएफको राजनीतिक फर्मुलालाई स्वीकार गरेन भने आगामी दिनमा पार्टीको असममा अस्तित्व नै विलाएर जान सक्छ। उनले भने, विपक्षी एकता बिनै सत्ताधारी दललाई चुनौती दिनु असम्भव छैन, तर कंग्रेस नेतृत्वले यस सत्यलाई बेवास्ता गरिरहेका छन्।

एआईयूडीएफ प्रमुखले गौरव गोगोईमाथि पुनः कटाक्ष गर्दै भने, उनको बयानले राजनीतिक अपरिपक्वतालाई दर्शाउँछ जसकारण विपक्ष कमजोर भइरहेको छ। अजलले दाबी गरे, कंग्रेसद्वारा एआईयूडीएफलाई अदेखा गरिनाले त्यसको सोझो फाइदा सत्ताधारी दललाई भइरहेको छ।

उल्लेखनीय छ, आगामी चुनाउलाई लिएर कंग्रेस र एआईयूडीएफबीच गठबन्धनलाई लिएर लगातार बयानबाजी जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande