धिङमा अतिक्रमण हटाऔं अभियान तेस्रो दिन पनि जारी
धिङमा अतिक्रमण हटाऔं अभियान तेस्रो दिन पनि जारी


नगाउँ (असम), 18 दिसम्बर (हि.स.)। असमको नगाउँ जिल्लान्तर्गत धिङ विधानसभा क्षेत्रमा प्रशासनद्वारा संचालित अतिक्रमण हटाऔं अभियान बिहीवार तेस्रो दिन पनि जारी रह्यो। बिहीवार पनि प्रशासनिक टीमले चिन्हित क्षेत्रहरूमा कारबाही गर्दै अवैध कब्जालाई हटायो।

जिल्ला आयुक्त देवाशिष शर्माले बताए, यो अतिक्रमण विरोधी अभियान आगामी 20 दिसम्बरसम्म जारी रहनेछ। अभियानलाई शान्तिपूर्ण ढंगमा संचालन गर्नको लागि ठूलो संख्यामा सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। यसको साथै यस कारबाहीमा केही जेसीबी र अन्य मशिनहरूलाई पनि उपयोग गरिँंदैछ।

धिंगमा भइरहेको यस अभियानलाई लिएर स्थानीय धेरैजना मानिसहरूले सन्तोष व्यक्त गरेका छन्। स्थानीय नागरिकहरूले अतिक्रमण हटाऔं अभियानलाई स्वागत गर्दै मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाप्रति आभार व्यक्त गरेका छन्। मानिसहरूको भनाइ छ, यस कदमबाट सरकारी भूमि अतिक्रमण मुक्त हुनेछ अनि क्षेत्रको विकास कार्यहरूले गति पाउनेछन्।

अर्कोतिर स्थानीय मानिसहरूको भनाइ छ, विज्ञानसम्मत ढंगमा यी तलाउहरूलाई भरिए मात्र यस क्षेत्रमा व्याप्त जल जमाउको समस्या समाधान हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande