
पश्चिम मेदिनीपुर, 17 दिसम्बर (हि. स.)। जिल्लाको क़ेशियाड़ी प्रखण्डमा गए मंगलवार अबेर राती फेरि हात्तीहरूको उपस्थितिले व्यापक आतंक मचियो। केशियाड़ी खाजरा क्षेत्रमा 12 वटा हात्तीहरूको बथान पसेपछि ग्रामीणहरू आफ्नो ज्यान बचाउन घर छोड़ी अन्यत्र सुरक्षित स्थानमा गए।
वन विभाग अनुसार गए मंगलवार राती सांकरेलबाट आएका हात्तीहरूको झुण्ड पहिला जंगलमा पस्यो। त्यसपछि लेंगेरामा जंगलको बुढ़ी शोल क्षेत्रमा देखियो। हात्तीहरूको लगातार आवागमनले सम्पूर्ण क्षेत्रमा रातभरि कोकोहोलो मचियो।
ग्रामीणहरूको भनाइ छ, अचानक हमला गर्ने आशंकालाई मध्यनजर गर्दै स्थानीय मानिसहरूले आफ्नो घरमा बस्ने हिम्मत गरेनन्। केही परिवारहरू बाल-बालिका तथा बुजुर्गहरूलाई लिएर छिमेकी गाउँ वा सुरक्षित स्थानहरूमा शरण लिन बाध्य भए। स्थितिको गम्भीरतालाई केन्द्र गर्दै गए मंगलवार राती वन विभागले हुला पार्टीको माध्यमबाट हात्तीहरूलाई आवासीय क्षेत्रबाट लखेट्नको लागि अभियान शुरू गऱ्यो।
कुनै पनि प्रकारको ज्यान-मालको क्षति हुन अगावै हात्तीहरूलाई नयाँग्राम तर्फ पठाउने प्रास गरिँदैछ। वनकर्मीहरूले लगातार गस्ती गरिरहेका छन् साथै माइकिंगको माध्यमबाट मानिसहरूलाई सतर्क रहने अपील गरिँदैछ। बुधवार बिहान पनि एउटा हात्तीलाई नयाँग्राम जंगलमा देखियो।
स्थानीय मानिसहरूको भनाइ छ, केशियाड़ी र वरपरका गाउँ अनि शहरहरूमा निरन्तर हात्तीहरूको प्रवेश हुनु अब नयाँ समस्या बन्दै गइरहेको छ। यसबाट ज्यानको खतरा मात्र नबढ़ेर फसल अनि सम्पत्तिलाई नोक्सान पुग्ने आशंका पनि बढ़्दो छ। वन विभागले स्थितिमाथि कड़ा नजर राख्ने अनि आवश्यक कदम उठाउने भरोसा दिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा