
कोलकाता, 17 दिसम्बर (हि. स.)। नागरिक सेवाहरूमा लापरवाही गरेका आरोपहरू उठिरहेको समय पश्चिम बंगालको नगरविकास विभागले चाकदह नगरपालिका बोर्डलाई भंग गर्ने तथा प्रशासक नियुक्त गर्ने निर्देश जारी गरेको छ। यो निर्णय विधानसभा चुनाउ हुन केही महिनापूर्व लिइएको छ जसलाई लिएर विवाद शुरू भएको छ।
वास्तवमा गत 17 नोभेम्बरको दिन स्थानीय स्कूल औ व्यापारिक संगठनहरूले नगरनिगममा सिकायत दर्ता गराएका थिए। सिकायतमा नागरिक सेवाहरूको गुणस्तर, विशेष रूपमा 21 वटा वार्डहरूका सड़कहरूमा थुप्रिएको मैला-कुचैला एवं जल निकासी व्यवस्था सहित केही मुद्दाहरू उल्लेख गरिएको थियो।
सिकायत प्राप्त भएपछि नगरविकास विभागले तत्परता देखायो अनि चाकदाह नगरपालिकाका 21 जना पार्षदहरूलाई सात दिनभित्रमा स्पष्टिकरण दिने निर्देश दियो। तथापि पार्षदहरूद्वारा दिइएको जवाफबाट अधिकारीहरू सन्तुष्ट भएनन्।
कल्याणीका महकुमा अधिकारी डा. अभिजीत सामन्तलाई चाकदह नगरपालिकाको प्रशासक नियुक्त गरिएको छ। डा. सामन्तले भने, एउटा निर्देश आएको छ। बुधवारदेखि चाकदह नगरपालिका प्रशासकको रूपमा कार्यभार सम्हाल्नेछु। आगामी 6 महिनासम्म नयाँ बोर्ड गठन नहोञ्जेलसम्म डा. सामन्तले प्रशासकको रूपमा कार्य गर्नेछन्।
नगरपालिकाका भाइस चेयरम्यान देबब्रत नागले भने, पुस्तक मेला भइरहेको छ, त्यसैले अहिले हेर्ने अवसर पाइएको छैन, तर घटनाको बारेमा सुनेको छु। अब हामी सामान्य नागरिक तथा राजनीतिक व्यक्तित्वको रूपमा मानिसहरूको साथमा रहनेछौं।
चाकदह थाना मोड़ व्यापारी संघका महासचिव राजू घोषले भने, चाकदह नगरपालिकाका सेवा कार्यहरूको विगत लामो समयदेखिकै खस्किँदो अवस्था थियो। कुनै परिणाम नआएपछि बाध्यतावश नगरविकास विभागलाई पत्र लेखियो।
व्यापारी संगठन र शैक्षणिक संस्थानहरूको भनाइ छ, लामो समयसम्म लिखित तथा मौखिक रूपमा नगरपालिकालाई सूचित गरिएको भए पनि कुनै परिणाम प्राप्त भएन जसकारण यो पत्र पठाउनु पऱ्यो।
आम मानिसहरू पनि प्रशासकलाई नियुक्त गरेकोमा खुशी छन् र आशा गरिरहेका छन् कि अब नागरिक सेवाहरूमा सुधार आउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा