भाजपा मुख्यालयमा कंग्रेसको प्रदर्शन, दिल्ली कंग्रेस अध्यक्ष सहित पार्टी कार्यकर्ताहरू दिल्ली हिरासतमा
भाजपा मुख्यालयमा कंग्रेसको प्रदर्शन, दिल्ली कंग्रेस अध्यक्ष सहित पार्टी कार्यकर्ताहरू दिल्ली हिरासतमा


नयाँ दिल्ली, 17 दिसम्बर (हि.स.)। दिल्ली कंग्रेसले बुधवार नेशनल हेराल्ड मामिलामा सोनिया गान्धी औ राहुल गान्धी सहित अन्य पाँचजना मानिसहरूविरूद्ध प्रवर्तन निदेशालय (ईडी)-को चार्जशीटमाथि कोर्टद्वारा सुनवाई गर्नदेखि अस्वीकार गरिएपछि भाजपा मुख्यालयमा प्रदर्शन गऱ्यो।

देवेन्द्र यादवले भने, सत्यको सदैव जीत हुन्छ। हामी सत्यमेव जयतेमा विश्वास गर्दछौं। सत्यकै जीत भएको छ र गैर-कानूनी गतिविधिहरूको पूर्ण रूपले भण्डाफोर भएको छ। उनले भने, कोर्टले सुनवाई गर्न गर्न यसकारणले अस्वीकार गरेको हो, किनभने यो चार्टशीट एकजना व्यक्तिको निजी सिकायतसित जोड़िएको थियो, कुनै प्रिभेन्शन अफ मनी लण्ड्रिंग एक्ट अन्तर्गत अनुचित आधार होइन।

स्पेशल न्यायधीशले स्पष्ट पारे, यस्तो अवस्थामा सुनवाई गर्न सम्भव छैन। उनले भने, 2014 सालदेखि चलिरहेको यो मामिला पूर्ण रूपले निराधार छ जसमा स्वयं सीबीआई र ईडीले पनि कसैलाई दोषी मानिरहेको छैन, सरकारको दबावमा मात्र काम गरिरहेको छ।

उनले भने, कंग्रेस नेताहरूविरूद्ध केन्द्रशासित भारतीय जनता पार्टी (भाजपा)- को प्रतिशोधको राजनीति अन्तर्गत ईडीको व्यवस्थित दुरुपयोगलाई हामी पूर्ण रूपले नङ्गाउनेछौं। भाजपा मुख्यालय तर्फ अगाड़ि बढ़िरहेका प्रदेश अध्यक्ष देवेन्द्र यादव सहित कंग्रेस कार्यकर्ताहरूलाई हिरासतमा लिएर आईपी स्टेट पुलिस स्टेशनमा लगियो पछि छोड़ियो।

प्रदर्शनकारीहरूमा प्रदेश अध्यक्ष देवेन्द्र यादव लगायत दिल्लीका प्रभारी काजी निजामुद्दीन, अखिल भारतीय कंग्रेस कमिटी महिला कंग्रेस अध्यक्ष अल्का लाम्बा, एससी विभागका चेयरम्यान राजेन्द्र पाल गौतम, पूर्व प्रदेश अध्यक्ष चौ, अनिल कुमार, पूर्व सांसद रमेश कुमार, दिल्ली सरकारका पूर्व मन्त्री हारुन यूसूफ, नरेन्द्र नाथ, किरण वालिया र योगानन्द्र शास्त्री, पूर्व विधायक हरी शंकर गुप्ता, कुँवर करण सिंह, भीष्म शर्मा उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande