बेपत्ता छात्रको शव बाथरूममा भेटियो
बेपत्ता छात्रको शव बाथरूममा भेटियो


गुवाहाटी, 17 दिसम्बर (हि.स.)। गुवाहाटीको पान्डू कलेजको बेपत्ता छात्रको शव भेटिएपछि कलेजमा सनसनी फैलियो। पुलिसले बुधवार जानकारी गराएको छ, 16 दिसम्बरदेखि बेपत्ता छात्रको शव बाथरूममा भेटिएको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिस टीमले मृत छात्रको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति गुवाहाटी मेडिकल कलेज एवं अस्पताल पठायो।

मृतकको पहिचान होजाई जिल्लाको लंका निवासी रुबैल आलमको रूपमा गरिएको छ। मृतक अम्बिकागिरी राय चौधरी होस्टेलको छात्र थियो। उसको परिवारले दिएको उजुरीको आधारमा पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande