
खरसाङ, 17 दिसम्बर (हि.स.)। प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायत र महानदी ग्राम पञ्चायतमा कुखुराकि चल्लाहरु वितरण गरिएको छ। यस क्रममा पाण्डु ग्राम पञ्चायतमा 250 जना र महानदी ग्राम पञ्चायतमा 250 जना गरी जम्मा 500 जना लाभार्थीहरुलाई उन्नत प्रजातिको कुखुराका चल्लाहरु वितरण गरिएका छन्।
जानकारी अनुसार, प्रत्येक लाभार्थीलाई 10 वटा गरेर चार हप्ताका चल्लाहरु वितरण गरिएका छन्। सरकारको योजना अनुसार उन्नत प्रजातिको कुखुराका चल्लाहरु अण्डा र मासुको लागि वितरण गरिएको हो। यसका साथै, सरकारबाट प्राप्त कुखुराका चल्लाहरुलाई पञ्चायतको प्राणी मित्रले घर घर पुगेर भ्याक्सिन र नि:शुल्क दबाईहरु वितरण गरिने बताइएको छ।
यस अवसरमा प्राणी सम्पदा विकास विभागका अधिकारीहरु, खरसाङ खण्ड पञ्चायत समिति सदस्यहरु र पञ्चायत सदस्यहरु उपस्थित रहेका थिए। प्राणी सम्पदा विकास विभागका अधिकारी, कर्माध्यक्ष भक्तिमान तामाङ, पञ्चायत सदस्य बिमल राई आदिले विस्तृत रुपमा जानकारी गराउँदै प्राणी सम्पदा विकास विभागको तर्फबाट खरसाङ पञ्चायत समितिमार्फत् पाण्डु ग्राम पञ्चायत र महानदी ग्राम पञ्चायतमा कुखुराको चल्लाहरु वितरण गरिएको जानकारी गराएका छन्। पहाडमा पञ्चायतीराज फर्किएपछि सरकारबाट विभिन्न सहुलियतहरु वितरण भइरहेको र धेरैले लाभ उठाइरहेको पनि उनीहरूले बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक