बेपत्ता दुई वर्षीय बालकको शव तलाउबाट उद्धार
बेपत्ता दुई वर्षीय बालकको शव तलाउबाट उद्धार


मालदह, 17 दिसम्बर (हि.स.)। बितेको मंगलवार साँझदेखि बेपत्ता भएका दुई वर्षीय बालकको शव बुधवार बिहान घरदेखि लगभग सय मीटर टाड़ा अवस्थित एउटा तलाउमा भेटियो। घटना मालदह जिल्लाको मोथाबाड़ी थाना क्षेत्रमा भएको हो। बालकको मृत्यु कसरी भयो अहिलेसम्म पत्तो लागेको छैन। मालदहको मोथाबाड़ी थाना अन्तर्गत उपरपाड़ा निवासी मृत बालकको नाम तहासिन थियो।

मृतकका पिता अब्दुल जब्बारले बताए, गए मंगलवारसाँझ पौने पाँच बजेसम्म बालक घरमै परिवारका सदस्यहरूसित खेलिरहेको थियो। त्यसपछि अचानक छोरा हरायो। परिवारका सदस्यहरूले हरसम्भव खोज-तलास गऱ्यो, तर कतै पत्तो लागेन।

मंगलवार राती परिवारले मोथाबाड़ी थानामा बेपत्ता भएको सिकायत दर्ता गरायो। पुलिसले जाँच शुरू गर्दै गंगाप्रसादको उपरपाड़ा सहित विभिन्न क्षेत्रहरूमा खोजतलास गऱ्यो। तर रातीसम्म कुनै सुइँको लागेन। पुलिसले शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले मृत्युको कारण पत्तो लगाउन अनुसन्धान गरिरहेको छ। क्षेत्रमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande