मुर्शिदाबाद : घरमा बम विस्फोट हुँदा युवक गम्भीर रूपमा घाइते
मुर्शिदाबाद : घरमा बम विस्फोट हुँदा युवक गम्भीर रूपमा घाइते


मुर्शिदाबाद, 17 दिसम्बर (हि.स.)। जिल्लाको सागरपाड़ास्थित एउटा घरमा बुधवार बिहान बम विस्फोट भएर एकजना युवकको हातको औंली नै उड़्यो। घाइते युवकको पहिचान 27 वर्षीय नाजमु हकको रूपमा भएको छ। घटनाको कारणले क्षेत्रमा सन्त्राष फैलिएको छ।

घटना मुर्शिदाबादको सागरपाड़ा थाना अन्तर्गत बंगलादेश सीमा संलग्न चर चकमारी गाउँमा भएको हो। नाजमुल हकलाई रगताम्मे अवस्थामा भेटियो जसलाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ तिनको उपचार भइरहेको छ। विस्फोटमा युवकको हातको औंली उड़ेको छ। यति मात्र नभएर शरीरका केही भागहरूमा चोट पनि लागेको छ। तथापि अस्पताल सूत्र अनुसार युवकको अवस्था स्थिर छ।

घटनाको सूचना पाएर सागरपाड़ा थाना पुलिस गाउँमा पुग्यो। प्रारम्भिक जाँचमा पुलिसले पत्तो लगाएको छ, युवक आपराधिक गतिविधिहरूमा सामेल छ। सीमावर्ती क्षेत्रमा तस्करी गर्नको लागि बमलाई लगिँदैथ्यो। पछि घरमा फर्केर बमलाी राख्दा कारणवश बम विस्फोट भयो जसमा युवक गम्भीर रूपमा घाइते भयो।

पुलिस सूत्र अनुसार घाइते व्यक्तिसित जाँचबुझ गरिनेछ। युवक अस्पतालदेखि भाग्नसक्ने आशंकाले पुलिसले पहरादारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande