
गुवाहाटी, 17 दिसम्बर (हि.स.)। गुवाहाटीको पल्टन बजार पुलिसले हेरोइन तस्करी प्रकरणमा संलग्न एक तस्करलाई पक्राउ गरेको छ। पुलिसले बतायो, गोप्य सूचनाको आधारमा थाना क्षेत्रको उल्लूबारी क्षेत्रमा रहेको उत्तरन पथमा गरिएको अपरेशनमा एक तस्करलाई प्रचुर मात्रामा हेरोइन सहित पक्राउ गरियो।
पक्रा पर्ने तस्करको पहिचान अखिलेश कुमार वर्माको रूपमा गरिएको छ। उदेखि पुलिसले 99 वटा साना प्लास्टिक सीसीमा प्याक गरिएको हेरोइन बाहेक नगदी 1 लाख 63 हजार रुपियाँ जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्टका धाराहरू अन्तर्गत एफआईआर दर्ता गरी पक्रा परेको अभियुक्तसँग गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी