सन्तरागाछी नजिक ट्रेनको दुई वटा बगी ट्र्याकबाट तल झऱ्यो, जनहानिको समाचार छैन
सन्तरागाछी नजिक ट्रेनको दुई वटा बगी ट्र्याकबाट तल झऱ्यो, जनहानिको समाचार छैन


खड़गपुर/हावड़ा, 17 दिसम्बर (हि.स.)। सन्तरागाछी रेल क्षेत्रमा गए मंगलवार राती एउटा ठूलो रेल दुर्घटना हुनदेखि बच्यो। सन्तरागाछी रेल याऱ्ड तर्फ गइरहेको एउटा ट्र्याक मेन्टेनेन्स ट्रेनको दुई वटा बगी ट्र्याकदेखि तल झऱ्यो। तर ट्रेनको गति मन्द रहेकोले कुनै प्रकारको ज्यान-मालको क्षति भएन। तथापि यस घटनाको कारणले रेल यातायात लामो समयसम्म प्रभावित भयो।

दक्षिण-पूर्व रेलवे सूत्र मुताविक गए मंगलवार राती पद्मपुकुर स्टेशनदेखि सान्तरागाछी रेल यार्ड तर्फ प्रस्थान भएको ट्र्याक मेन्टेन्स ट्रेन बाकसारा लेभल क्रसिंग नजिक पुग्नसाथ तकनिकी खराबीको शिकार भयो जसले गर्दा ट्रेनको दुई वटा डब्बा ट्र्याकबाट तल झऱ्यो। झट्का लागेपछि ट्रेन अप लाइनमै रोकियो।

घटनापछि शालीमार र सन्तरागाछी स्टेशनबीच रेल परिचालन बाधित भयो। यसको प्रभाव दक्षिण-पूर्व रेलवेको खड़गपुर मण्डलमा पनि पऱ्यो। पहिलाबाटै हावड़ा-खड़गपुर रेल मार्कमा केही ट्रेनहरू विलम्ब गरी चलिरहेका थिए, त्यसमाथि यो घटना घटेपछि अप र डाउन दुवै लाइनमा ट्रेनहरूलाई मन्द गतिमा चलाउनु पऱ्यो।

लाइनच्युत भएको सूचना पाउनसाथ रेलवेका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगे। सन्तरागाछ रेल यार्डबाट दुर्घटना राहत ट्रेनलाई पठाइयो। युद्धस्तरमा बहाली कार्य शुरू गरियो।अबेर रातीसम्म प्रयास गरेर लाइनबाट उत्रेको कोचलाई पुनः ट्र्याकमा चढ़ाइयो।

रेल अधिकारीहरूले बताए, ट्रेनको गति कम भएको कारणले कुनै ठूलो दुर्घटना भएन। दक्षिण-पूर्व रेलवेका जनसम्पर्क अधिकारीले बताए, बहाली कार्य पूरा भएपछि हावड़ा-सन्तरागाछी रेल मार्गमा ट्रेन परिचालन सामा्य भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande