
गान्तोक, 17 दिसम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मुख्यमन्त्रीका राजनीतिक सचिव (प्रेस एवं प्रचार) बिकास बस्नेतलाई जन्मदिनको हार्दिक बधाई दिॅंदै उनको निरन्तर सफलताको कामना गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा बस्नेतलाई जन्मदिनको बधाई दिॅंदै भने, 'तपाईको समर्पण, निष्ठा र प्रतिबद्धता हाम्रो सामूहिक प्रयास र साझा अभियानको लागि अमूल्य छ। तपाईको आगामी वर्ष सुस्वास्थ्य, खुशी र निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछु।'
हिन्दुस्थान समाचार / बिशाल