जीटीए क्षेत्रका 313 जना शिक्षकहरुको नियुक्तिलाई कोलकोता उच्च न्यायालयद्वारा अवैध घोषणाल
सुदन‌ गुरुङ


जीटीए क्षेत्रको शिक्षा क्षेत्रमा न्यानो घाम लागेको छ: सुदन गुरुङ

दार्जिलिङ, 17 दिसम्बर (हि.स.)। जीटीए क्षेत्रमा 313 जना शिक्षकहरुको नियुक्तिलाई कोलकोता उच्च न्यायालयद्वारा अवैध घोषणा गर्दै खारेज गरिएको प्रशिक्षित बेरोजगार युवा वेलफेयर संगठनको तर्फबाट सुदन गुरुङले कोलकाताबाट एउटा भिडियो जारी गर्दै जानकारी गराएका छन्।

उनले 2019 सालमा जीटीएले अवैध रुपमा नियुक्ति गरेको 313 जना शिक्षकहरुलाई 8 मार्च, 2019 को पत्रको आधारमा सबै नियुक्ति खारेज गरिएको बताएका छन्। यस विषयमा उनले जीटीए क्षेत्रमा अवैध शिक्षक नियुक्ति र भ्रष्टाचारलाई कोलकाता उच्च न्यायालयले खारेज गरेको जानकारी गराएका छन्।

सुदन गुरुङले यस विषयमा भने, 'लामो समयदेखि न्यायिक प्रक्रियामा गएर न्यायिक लडाई लडेपछि जीटीए क्षेत्रको शिक्षा क्षेत्रमा न्यानो घाम लागेको छ। 2०१9 मा नियुक्ति गरिएका शिक्षकहरु अवैध रुपमा नियुक्ति गरिएको भनी 8 मार्च, 2019 मा पत्रचार गरिएको थियो। न्यायालयको यो सुनवाईप्रति सकारात्मक रुपमा स्वागत गर्दछौं। यस न्यायिक प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु।'

कोलकाता उच्च न्यायालयले सुनाएको फैसलापछि सुदन गुरुङले शिक्षा व्यवस्थाको गरिमा फर्काएर ल्याउन यस लडाईमा साथ दिन सबैप्रति आह्वान् गरेका छन्। उनले नानीहरुको भविष्यमा खेलवाड़ हुनु हुँदैन, योग्य र शिक्षित शिक्षकहरुले काम पाउनु पर्ने आफ्नो टेक राखेका छन्‌।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande