कोलकाता अग्निकाण्ड: राजनीतिक आरोप-प्रत्यारोप शुरू, अमित मालवीयले टीएमसीमाथि लगाए गम्भीर आरोप
कोलकाता अग्निकाण्ड: राजनीतिक आरोप-प्रत्यारोप शुरू, अमित मालवीयले टीएमसीमाथि लगाए गम्भीर आरोप


कोलकाता, 18 दिसम्बर (हि.स.)। कोलकाताको इको पार्क निकट घना झोपड़ी बस्तीमा भएको भयानक अग्निकाण्डलाई लिेर राजनीतिक घमासान शुरू भएको छ। बिहीवार सबेरै सोशल मीडिा प्लेटफर्म एक्समा भाजपा नेता अमित मालवीयले टीएमसी सरकारमाथि गम्भीर आरोप लगाउँदै दाबी गरे, यो आगो नियोजित रूपमा लगाइएको हो।

आफ्नो पोस्टमा मालवीयले भने, चुनाउ आयोगद्वारा अवैध बंगलादेशी तथा रोहिंग्याहरूलाई नोटिस जारी गर्ने सुनवाई हुन केही दिन अगाड़ि यो आगो लागेको छ। उनले दाबी गरे, पश्चिम बंगालमा एसआईआर प्रक्रिया शुरू भएदेखि कोलकाताको उपनगरीय क्षेत्रहरूमा खाली तथा बन्द झोपड़ीहरूको दृश्य बारम्बार देखिँदैछ।

मालवीयले आरोप लगाए, घुनी बस्तीमा बंगलादेशबाट आएका धेरैजना मानिसहरू बसेका थिए जसले सीमा पारी जानका लागि आ-आफ्नो झोपड़ीहरूमा ताला लगाएका थिए। थोरै मात्र मानिसहरू त्यहाँ बस्दै आइरहेका थिए।

आगोको रूप भयानक भए पनि दमकल वाहनहरूलाई तत्परताले नपठाइएको आरोप लगाउँदै मालवीयले मसौदा मतदाता सूची प्रकाशित भएपछि यस क्षेत्रबाट हजारौंको नाम मेटिएको दाबी गरे।

उनले अझ बताए, यस्ता स्पष्ट त्रुटिहरूलाई लुकाउन तथा मतदाता सूचीमा उनीहरूलाई पुनः सामेल गर्ने सुविधाको लागि टीएमसीले आगलागीको षड़यन्त्र रचेको ठोकुवा गरिँदैछ जसको उद्देश्य यो प्रतीत हुन्छ कि पछि त्यहाँ बस्ने मानिसहरूले आगलागीमा आफ्नो दस्तावेजहरू (आधार, राशन कार्ड र मतदाता पहिचान पत्र) जलेर नष्ट भएको दाबी गर्न सकुन् र नयाँ दस्तावेज जारी गर्न सकियोस्। साथै उनीहरूलाई झुटो नागरिकता स्थापना गर्नमा सक्षम बनाउन सकियोस्।

आफ्नो पोस्टको अन्तमा मालवीयले भने, यो प्रशासनिक विफलता मात्र नभएर सुनियोजित धाँधली हो। ममता ब्यनर्जीले आगोसित खेलिरहेकी छन्। यसपालि साँच्चै नै।

उपरोक्त गम्भीर आरोपहरू लगाएको खबर लेखुञ्जेलसम्म टीएमसी वा पश्चिम बंगाल सरकारको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande