पिकनिक सीजनमा दिघामा प्रशासन सतर्क, होटल मालिकहरूसित गरियो महत्वपूर्ण बैठक
पिकनिक सीजनमा दिघामा प्रशासन सतर्क, होटल मालिकहरूसित गरियो महत्वपूर्ण बैठक


पूर्व मेदिनीपुर, 18 दिसम्बर (हि.स.)। पिकनिक औ वर्षां उत्सवलाई मध्यनजर गर्दै पूर्व मेदिनीपुर जिल्लाको प्रसिद्ध समुद्र तट दीघामा प्रशासन पूर्ण रूपले सतर्क भएको छ। बढ़्दो भीड़ अनि सुरक्षा व्यवस्थालाई लिएर बितेको बुधवार अबेर साँझ दिघा विकास परिषद कार्यालयमा एक महत्वपूर्ण प्रशासनिक बैठक आयोजना गरियो। बैठकमा जिल्लाशासक, कार्यवाहक जिल्ला पुलिस अधीक्षक, दिघा विकास परिषदका अधिकारी तथा होटल एसोसिएशनका प्रतिनिधिगण उपस्थित थिए।

प्रशासनिक अधिकारीहरूले बताए, आगामी 25 दिसम्बरदेखि दिघा शहर प्रकाशले झलमल्ल हुनेछ। होटल व्वसायीहरूले आ-आफ्ना प्रतिष्ठानहरूलाई सजाइरहेका छन् भने दिघा विकास परिषदको पक्षबाट जगन्नाथ मन्दिर संलग्न मार्ग, ओल्ड दिघा औ न्यू दिघाको विस्तृत समुद्र तट क्षेत्रलाई आकर्षक लाइटिंग-द्वारा सजाउने तयारी गरिँदैछ। यसको साथै पर्यावरण विभागबाट अनुमति पाए ओलम्पिकमा जस्तै आतिशबाजीको भव्य प्रदर्शन पनि गरिनेछ।

बैठक पश्चात जिल्लाधिकारीले भने, यस वर्ष पछिल्ला वर्षहरूको तुलनामा अधिक पर्यटकहरू आउने सम्भावना छ। त्यसैले भीड़ प्रबन्धन, यातायात नियन्त्रण, पार्किंग व्वस्था तथा समुद्र तटमा दिगो निगरानीमाथि विशेष बल दिइँदैछ। सुरक्षालाई मध्यनजर गर्दै अतिरिक्त पुलिसलाई तैनाथ गरिइनेछ साथै सी-फ्रन्ट क्षेत्रमा कड़ा निगरानी राखिनेछ।

वर्षां औ नववर्षको उत्सवलाई लिएर सागर तटमा उत्सवको माहोल छ। प्रशासनले होटल मालिकसहरूसित सहयोग गर्ने अपील गर्दै स्पष्ट पाऱ्यो, पर्यटकहरूको सुरक्षा, स्वच्छता र सुविधा सर्वोच्च प्राथमिकता हुनेछ। अधिकारीहरूले भने, दिघा आउने प्रर्यटकहरूलाई सुरक्षित एवं स्मरणी अनुभव प्रदान गर्नको लागि सबै आवश्यककदम उठाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande