राज्यपालले काग्येद नृत्यको सिक्किमवासीलाई हार्दिक शुभकामना दिए
om prakash mathur


गान्तोक, 18 दिसम्बर (हि.स.)।

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले काग्येद नृत्यको अवसरमा सम्पूर्ण सिक्किमवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

आफ्नो सन्देशमा राज्यपालले भने, “सिक्किमका सबै नागरिकहरूलाई, विशेषगरी भोटिया र लेप्चा समुदायलाई, काग्येद नृत्यको पावन अवसरमा मेरो हार्दिक शुभकामना। यो पर्व नकारात्मक शक्तिहरूको विनाशको प्रतीक हो तथा आगामी‌ नयाँ वर्षका लागि सुख, शान्ति र समृद्धिको सन्देश दिन्छ। मलाई पूर्ण विश्वास छ कि यस पर्वले सबैको जीवनमा सौहार्द र आनन्दको संचार गर्नेछ।'

राज्यपालले एक–अर्काको संस्कृतिमा सहभागी हुँदै ‘विविधतामा एकता’ को भावनालाई अझ सुदृढ बनाऔँ‌ आह्वान गरेका छन्। उनले सम्पूर्ण सिक्किमवासीहरूको तर्फबाट ईश्वरसँग हामीलाई सबै प्रकारका नकारात्मकताहरूबाट रक्षा गरून् भनी कामना गरेका छन्। साथै, उनले सबैको उत्तम स्वास्थ्य र सौभाग्यको पनि कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande