हावड़ामा पूर्व सैनिक परिवारमाथि भएको हमलालाई लिएर भाजपाले टीएमसीलाई गऱ्यो लक्षित
हावड़ामा पूर्व सैनिक परिवारमाथि भएको हमलालाई लिएर भाजपाले टीएमसीलाई गऱ्यो लक्षित


हावड़ा, 18 दिसम्बर (हि.स.)। पश्चिम बंगालको हावड़ामा एक पूर्व सैनिक परिवारमाथि भएको हमलालाई लिएर भाजपाले तृणमूल कंग्रेसलाई लक्षित गऱ्यो। पीड़ित परिवारको आरोप छ, जमीन खरिद गरेपछि स्थानीय तृणमूल नेताहरूले सैनिक परिवारसित सुरक्षा शुल्कको माग गरे। परिवारले दिन अस्वीकार गर्दा उनीहरूमाथि जाइलागे।

बिहीवार सोशल मीडिया मञ्च एक्समा बंगाल भाजपाका सहपर्यवेक्षक अमित मालवीयले उक्त मामिलालाई उजागार गर्दै तृणमूल कंग्रेसमाथि गम्भीर आरोप लगाए।

आफ्नो पोस्टमा अमित मालवीयले भने, ममता ब्यनर्जीको निगरानीमा 'कट मनी'- को संस्कृति नयाँ गहिराईमा पुगेको छ। पश्चिम बंगालको हावड़ाबाट एउटा अचम्भको मामिला सामु आएको छ। एकजना सेनाका पूर्व जवानको परिवारले सिकायत दर्ता गरेको छ, जमीन खरिद गरेपछि स्थानीय तृणमूल नेताहरूले उनीहरूलाई सुरक्षा शुल्क दिनको लागि दबाव दिए। अस्वीकार गर्दा उनीहरूलाई लक्षित गरिएको सैनिक परिवारले दाबी गरेको छ।

उनले अझ भने, सिकायत अनुसार सिकायतकर्ताकी 13 वर्षीय नाबालिक छोरीसित यौन उत्पीड़न गर्ने प्रयास गरियो साथै परिवारलाई ज्यानमारा धम्की दिइयो। सिकायतमा तृणमूल कंग्रेसका विधायक समीर पञ्जाको नाम उल्लेख गरिएको छ।

मालवीयले भने, यो गम्भीर आरोप हो र न्याय तथा जवाफदेही सुनिश्चित गर्नको लागि यसको पूर्ण रूपले जाँच गरिनुपर्छ।

मामिलाको गम्भीरतालाई मध्यनजरर गर्दै राष्ट्रि मानवादिकार आयोगले संज्ञान लिएको छ साथै राज्य अधिकारीहरूसित रिपोर्ट मागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande