झाड़ग्राममा विद्यार्थीहरूको लागि साइबर जागरूकता कार्यक्रम आयोजित
झाड़ग्राममा विद्यार्थीहरूको लागि साइबर जागरूकता कार्यक्रम आयोजित


झाड़ग्राम, 18 दिसम्बर (हि.स.)। डिजिटल लेन–देन औ सोशल मीडियाको बढ़्दो उपयोगसँगसँगै साइबर अपराधहरूका चुनौतीहरू पनि द्रूत गतिमा बढ़िरहेका छन्। यस्ता चुनौतीहरूप्रति युवाहरूलाई सजग तथा सतर्क बनाउने उद्देश्यले बितेको बुधवार साँझ झाड़ग्राम जिल्लाका विभिन्न शैक्षणिक संस्थानहरूमा साइबर जागरूकता कार्यक्रम आयोजना गरियो।

यो कार्यक्रम झाड़ग्राम मेडिकल कलेज, कपगाड़ी सेवा भारती महाविद्यालय तथा संकरैलस्थित कुलटिकरी टीचर्स ट्रेनिंग इन्स्टीट्यूटका विद्यार्थीहरूका लागि साइबर क्राइम पुलिस स्टेशन, झाड़ग्रामद्वारा उपभोक्ता मामिला विभाग, झाड़ग्राम तथा जिल्ला विधिक सेवा प्राधिकरण (डीएलएसए), झाड़ग्रामको संयुक्त सहयोगमा गरिएको हो। झाड़ग्राम जिल्लाका साइबर अधिकारीहरूले गए बुधवार अबेर साँझ आधिकारिक विज्ञप्ति जारी गरी कार्यक्रम आयोजन भएको पुष्टि गरे।

जागरूकता सत्र अ्वधि विशेषज्ञहरूले विद्यार्थीहरूलाई साइबर अपराधका विभिन्न स्वरूप, वर्तमानमा प्रचलित अनलाइन ठगीका तरिका, नक्कली कल तथा लिंकबाट हुने नोक्सान, सोशल मीडियामा निजी जानकारी साझा गर्दा हुने जोखिम तथा सुरक्षि डिजीटल व्यवहारको बारेमा विस्तारपूर्वक जानकारी गराए। साथै साइबर अपराध भएको खण्डमा तत्काल सिकायत दर्ता गराउने प्रक्रिया अनि कानूनी सहायताका प्रावधानहरू बारे विद्यार्थीहरूलाई अवगत गराइयो।

वक्ताहरूले भने, डिजीटल दुनियाँमा सुरक्षा तकनिकबाट मात्र सम्भव नभएर जागरूकता अनि सतर्कता पनि आवश्यक छ। विद्यार्थीहरूसित अपील गरियो, उनीहरू कुनै पनि संदिग्ध गतिविधि, कल वा सन्देशप्रति तुरून्त सतर्क होउन् साथै बिना सत्यापन व्यक्तिगत वा ब्यांकिंग जानकारी साझा नगरुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande