इको पार्क निकट झोपड़ी बस्तीमा भीषण आगलागी, 14 वटा दमकल घटनास्थलमा
इको पार्क निकट झोपड़ी बस्तीमा भीषण आगलागी, 14 वटा दमकल घटनास्थलमा


कोलकाता, 18 दिसम्बर (हि.स.)। कोलकाताको इको पार्क संलग्न झोपड़ी बस्तीमा गए बुधवार अबेर राती आगो लाग्यो। यस घटनामा अहिलेसम्म कुनै प्रकारको जनहानि भएको समाचार प्राप्त भएको छैन, तर बिहीवार बिहानसम्म पनि आगोलाई निभाउने कार्य जारी रह्यो। घटनास्थलमा 14 वटा दमकल वाहन उपस्थित छन्। आगो लागेको क्षेत्र घना जनसंख्या भएको तथा साँघुरो गल्ली भएको कारणले दमकलकर्मीहरूलाई आगो निभाउन धेरै कठिनाई परिरहेको छ।

झोपड़ीमा आगो लाग्नुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन, तर लगातार सिलेण्डर विस्फोट भइरहेकोले आगो अझ द्रूत गतिमा फैलिरहेको छ। स्थानीय मानिसहरूको अनुमानमा सिलेण्डर विस्फोट भइरहेकोले आगोले झन् भयानक रूप लिएको छ।

सूचना पाएर घटनास्थलमा पुगेका राज्यका दमकल मन्त्री सुजीत बोसले भने, कतिप झोपड़ीहरूमा प्लास्टिकका सामग्रीहरू अधिक मात्रामा रहेको कारणले आगो झन् फैलियो। आगोलाई अझ फैलिनदेखि रोक्नका लागि दमकलकर्मीहरूले उचित कदम उठाएका छन्। उनीहरूले आगोलाई निभाउनको लागि 20 वटा इञ्जिनको व्यवस्था गरेका छन्। आवश्यकता परे सबै इञ्जिनहरूलाई काममा खटाइनेछ।

घटनास्थलमा पुग्नको लागि दमकललाई भएको समस्या बारे दमकल मन्त्रीले भने, पहिला कठिनाई भयो, तर पछि आम मानिसहरूको सहयोगले घना बस्तीमा दमकललाई पुऱ्याउन सम्भव भयो। तथापि लगभग तीन घण्टा बित्यो। आगो निभाउनमा दमकलकर्मीहरूलाई कड़ा परिश्रम गर्न परिरहेको छ।

झोपड़ी बस्तीका निवासीहरूको भनाइ छ, एकपछि अर्को सिलेण्डर विस्फोट भएपछि आगोको तीव्रता लगातार बढ़्दै गयो। दमकल विभागलाई खबर दिइयो। पहिला चार वटा र पछि दश वटा दमकलको इञ्जिन घटनास्थलमा आइपुगे। रिपोर्ट लेखुञ्जेलसम्ममा 14 वटा इञ्जिन घटनास्थलमा पुगिसकेको थियो। तर साँघुरो गल्ली र घना बस्ती भएको कारणले दमकलकर्मीहरूलाई काम शुरू गर्न गाह्रो भयो। अहिलेसम्म पनि आगोलाई नियन्त्रण गर्न सकिएको छैन। युद्ध स्तरमा काम जारी छ। आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande