
पूर्व मेदिनीपुर, 18 दिसम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्ला अधिनस्थ तमलुकको मिलन नगरस्थित एक सरापी दोकानमा भएको लुटपाट मामिलामा पुलिसले ठूलो खुलासा गरेको छ। गए बुधवार अबेर साँझ पुलिसले आधिकारिक प्रेस कन्फ्रेन्स आयोजना गरी सम्पूर्ण मामिलाको विस्तृत जानकारी साझा गऱ्यो। पुलिसले बतायो, दुईजना मुख्य आरोपीलाई उत्तर प्रदेशबाट आग्नेयास्त्रसितै पक्राउ गरिएको छ।
पुलिस अनुसार पछिल्लो 22 सेप्टेम्बरको दिन मिलन नगर क्षेत्रमा केही दुष्कर्मीहरूले अनुहारमा कालो कपड़ा बाँधेर एउटा सुन दोकानमा हमला गरेका थिए। सन्त्राष फैलाउने उद्देश्यले आरोपीहरूले हावामा फायरिंग गरी प्रचुर मात्रामा सुन लुटेर भागेका थिए। घटनापछि जिल्लामा ठूलो आतंक मचिएको थियो।
घटनाको अनुसन्धान गर्ने क्रममा पुलिसले पहिला यस काण्डमा संलिप्त बप्पादित्य बाग र दिलीप माइतीलाई पक्राउ गऱ्यो। उसलाई गरेको जाँचबुझ र लगभग 171 वटा सीसीटीभीको फुटेज जाँंच गरेपछि पुलिसले अन्तर्राज्यीय गिरोहको सुइँको पायो। यसै आधारमा उत्तर प्रदेशमा छापा मारेर दुईजना मुख्य आरोपीहरूलाई पक्राउ गरियो।
प्रेस कन्फ्रेन्समा पुलिस अधिकारीहरूले बताए, पक्रा पर्ने आरोपीहरूको कब्जाबाट एउटा आधुनिक 9 एमएम पेस्तोल, तीन वटा म्यागजिन र 10 राउण्ड कारतूस जफत गरिएको छ। अहिलेसम्ममा लगभग 160 ग्राम सुन पनि जफत गरिसकिएको छ। एकजना आरोपीलाई रिमाण्डमा लिएर जाँचबुझ गरिँदैछ जसबाट थप खुलासा हुने सम्भावना छ।
पुलिसले बतायो, जफत गरिएको सुनको पहिचान टीआई परेडको माध्यमबाट गराएर वास्तविक मालिकलाई सुम्पिइनेछ। अधिकारीहरू अनुसार यस कारबाहीले सरापी दोकान लुट्ने अन्तर्राज्यीय गिरोहको मेरूदण्ड भाँचिएको छ। मामिलाको जाँच अहिले पनि भइरहेको छ। अन्य आरोपीहरूलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा