
पश्चिम मेदिनीपुर, 18 दिसम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना अन्तर्गत खड़गपुर–बालेश्वर 16 नम्बर राष्ट्रिय राजमार्गमा गए बुधवार अबेर राती भएको एक पीड़ादायी सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो। घटना बेलदा थानाको राणीसारा क्षेत्रमा भएको हो।
पुलिस एवं स्थानीय सूत्र अनुसार गए बुधवार अबेर राती राणीसाराय बस स्ट्याण्ड नजिक सड़क पार गर्ने क्रममा एउटा लरी अचानक मोड़िएको कारणले एकजना व्यक्ति उक्त लरीको चपेटमा परी गम्भीर रूपमा घाइते भए।घाइते व्यक्तिलाई तत्कालै बेलदा सुपर स्पेशियलिटी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
मृतकको पहिचान चुनु राणाको रूपमा भएको छ जो राणीसाराय ग्राम पञ्चायत अधिनस्थ हल्दिया गाउँका निवासी थिए।
घटना पश्चात स्थानीय मानिसहरूले दुर्घटनाग्रस्त लरीलाई रोकेर बेलदा थाना पुलिसलाई सूचना दिए। घटनास्थलमा पुगेर पुलिसले लरी चालक र खलासीलाई हिरासतमा लियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा