पश्चिमी हावाले जाड़ोको गतिमा लगाइदियो ब्रेक, तापमान सामान्यभन्दा अधिक
पश्चिमी हावाले जाड़ोको गतिमा लगाइदियो ब्रेक, तापमान सामान्यभन्दा अधिक


कोलकाता, 18 दिसम्बर (हि. स.)। पश्चिम बंगालमा पश्चिमी हावाको कारणले क्रिसमसपूर्व कठ्याङ्ग्रिने जाड़ो हुने आशामा बसेका मानिसहरूले अझ प्रतीक्षा गर्नुपर्नेछ। कोलकातामा न्यूनतम तापमान सामान्यभन्दा अधिक छ भने आगामी 21 दिसम्बरसम्म पनि तापमान घट्ने सम्भावना न्यून रहेको बताइँदैछ। तथापि मौसम वैज्ञानिकहरूको भनाइ छ, क्रिसमस अगाड़ि तापमान सामान्य रूपमा घट्नसक्छ।

गए बुधवार कोलकाताको न्यूनतम तापमान 15.8 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.7 डिग्री सेल्सियस अधिक थियो। बिहीवार बिहान न्यूनतम तापमान बढ़ेर 16.7 डिग्री सेल्सियससम्म पुग्यो जुन सामान्यभन्दा 1.6 डिग्री सेल्सियस अधिक हो। अर्थात बुधवारको तुलनामा बिहीवार पारा चढ़िरहेको छ। यस अवधि शहरको हावामा आद्रताको स्तर अधिकतम 92 प्रतिशत र न्यूनतम 46 प्रतिशत दर्ता गरियो।

मौसम वैज्ञानिकहरू अनुसार उत्तर पश्चिम भारतमा दुई वटा पश्चिमी विक्षोभ सक्रिय भएका छन् र असमदेखि माथि एउटा चक्रवातीय परिसंचरण विकसित भएको छ। यी कारणहरूले नै जाड़ोको मार्गमा अस्थायी बाधा उत्पन्न भएको छ। यो स्थिति आगामी 21 दिसम्बरसम्म यथावत रहनसक्छ। परिणामस्वरूप आगामी तीन दिनसम्म राज्यमा जाड़ो बढ़्ने सम्भावना कम भएको छ। तथापि तापमानमा ठूलो परिवर्तन देखिने छैन। बिहान कुहिरोको प्रभाव देख्न सकिन्छ भने दिन बढ़्दै गएपछि दृश्यतामा सुधार आउनेछ।

शुक्रवार उत्तर बंगालको हिमाली क्षेत्र दार्जीलिङको न्यूनतम तापमान 5 डिग्री, कालेबुङको 9 डिग्री, सिलगढ़ीको 14 डिग्री तथा जलपाईगुड़ीको 11 डिग्री सेल्सियस रहने अनुमान लगाइएको छ भने मैदानी क्षेत्रहरूमा हावड़ाको न्यूनतम तापमान 15 डिग्री, दमदमको 16 डिग्री, साल्टलेकको 17 डिग्री, मुर्शिदाबाद र बहारमपुरको 13 डिग्री तथा शान्तिनिकेतनको 12 डिग्री सेल्सियस रहनसक्छ। मौसम विभाग अनुसार क्रिसमसपूर्व तापमानमा सामान्य ह्रास आउने आशा राख्न सकि्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande