
हुगली, 19 दिसम्बर (हि. स.)। विगत लामो समयदेखिकै मरम्मतको अभाव तथा लगातार अतिक्रमणको कारणले अस्तित्व संकटसित जुझिरहेको श्रीरामपुर शहरको ऐतिहासिक डेनिस नहरको जीर्णोद्धार काम अन्ततः शुरू भएको छ। लगभग 350 वर्ष पुरानो यो नहर श्रीरामपुरको चात्रा क्षेत्रदेखि शुरू भएर शेवड़ाफुलीमा गंगा नदीमा पुगेर मिसिन्छ। हाल शाल र बल्लाको खाँबो लगाएर नहरका दुवै किनारलाई मजबुत बनाउने काम द्रूत गतिमा भइरहेको छ।
प्रशासनले यस परियोजनालाई 45 दिनभित्रमा पूरा गर्ने लक्ष्य निर्धारण गरेको छ। यस सम्बन्धमा श्रीरामपुर नगरपालिकाका चेयरम्यान गिरिधारी साहाले शुक्रवार भने, डेनिस नहरको जीर्णोद्धारको काम शुरू हुनाले हामी सबै अत्यन्त खुशी छौं। चाँड़ै नै कार्य पूरा हुनेछ। बेनियापाड़ा र गोयालापाड़ा क्षेत्रमा लगभग 75 मीटरसम्म नहर किनारमा व्यापक कटाउ भइरहेको थियो जसबाट दुवै तर्फ बस्ने मानिसहरूमा भय व्याप्त भएको थियो। नहरमा जमा पानी र जलनिकासीको समस्याको कारणले शहरवासीहरूलाई लामो समयदेखिकै विभिन्न समस्याहरूको सामना गर्न परिरहेको थियो।
स्थानीय सूत्र अनुसार डेनिस नहरको जीर्णोद्धारको लागि श्रीरामपुरका सांसद कल्याण ब्यनर्जीले केही महिनापूर्व राज्यका शहरी विकास एवं नगर कार्य मन्त्री फिराद हकिमलाई पत्र लेखेका थिए। उनको अनुरोधमा श्रीरामपुर नगरपालिकाको वार्ड नम्बर-3 र 7 माअवस्थित डेनिस नहरको मरम्मतको लागि लगभग 12 लाख 53 हजार रुपियाँ स्वीकृत गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा