धर्मा मौजमा इण्डस्ट्रियल पार्क बनाउने घोषणा गरेकोमा आसनसोल चेम्बरद्वारा मुख्यमन्त्रीप्रति आभार व्यक्त
धर्मा मौजमा इण्डस्ट्रियल पार्क बनाउने घोषणा गरेकोमा आसनसोल चेम्बरद्वारा मुख्यमन्त्रीप्रति आभार व्यक्त


आसनसोल, 19 दिसम्बर (हि. स.)। कोलकातास्थित धन्य धान्य सभागारमा आयोजित बिजनेस एण्ड इण्डस्ट्री कनक्लेभ कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले गए बिहिवार धर्मा मौजमा इण्डस्ट्रियल पार्क बनाउने घोषणा गरेकी थिइन्। यसै परिप्रेक्ष्यमा शुक्रवार आसनसोल चेम्बर अफ कमर्सका सचिव शम्भुनाथ झाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र लेखेर धन्यवाद ज्ञापन गरे।

पत्रमा उनले लेखे, आसनसोलको धर्मा मौजलाई राज्य सरकारको पक्षबाट इण्डस्ट्रियल पार्कमा परिणत गर्ने घोषणा गरिएको छ, यो आसनसोलको व्यवसायी वर्गको लागि खुशीको कुरा हो। तर प्रशासनिक स्तरबाट यसलाई लिएर कुनै प्रकारको प्रचार-प्रसार नगरिएको कारणले आसनसोलका व्यवसायीहरूलाई यो सूचना प्राप्त भएको थिएन।

सचिव शम्भुनाथ झाले मुख्यमन्त्रीसित आग्रह गरे, यसको प्रचार-प्रसार उत्कृष्ट झंगमा गरियोस् जसबाट यस अञ्चलका उद्योगपतिहरूले पनि आफ्नो उद्योग स्थापना गर्न सक्नेछन्। पश्चिम बर्दवान जिल्लाको एनएच किनारमा ठूलो साइन बोर्ड लगाइयोस्। साथै इण्डस्ट्रियल पार्कमा उद्योग स्थापनाहेतू उद्योगपतिहरूलाई आमन्त्रित गर्नुपर्छ।

उल्लेखनीय छ, कलकताको धन्य धान्य सभागारमा आयोजित बिजनेस एण्ड इण्डस्ट्री कनक्लेभ कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा पश्चिम बंगालमा नयाँ-नयाँ उद्योगहरू स्थापना गर्ने घोषणा गरिएको छ। यसै मञ्चबाट आसनसोलको धर्मा मौजामा एक इण्डस्ट्रियल पार्क स्थापना गर्ने घोषणा पनि गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande