
कोलकाता, 19 दिसम्बर (हि.स.)। राजधानी कोलकातामा सक्रिय हेरोइन तस्करी गिरोहको पुलिसले पर्दाफास गरेको छ। सूचनाको आधारमा पुलिसले बिहीवार अबेर राति बाबूघाट बस स्ट्यान्डबाट एक लागूऔषध तस्करलाई पक्राउ गरेको छ। तस्कर ओडिशा जाने योजनामा थियो। पक्रा परेको अभियुक्तको पहिचान चितपुर थाना क्षेत्रको बापी ठाकुर उर्फ दूधनाथ ठाकुरको रूपमा गरिएको छ।
पुलिस सूत्रहरू अनुसार, तस्कर बिहीवार राति बाबूघाट बस स्ट्यान्डमा आइपुग्यो र ओडिशाको पारादीप जान बस समात्ने योजनामा थियो। अभियुक्तको त्यहाँ लागूऔषध तस्करी गर्ने योजना थियो। सूचनाको आधारमा पुलिसले बिहान 2.30 बजीतिर छापा मारेको थियो। खोजीको क्रममा अभियुक्तदेखि 103 ग्राम पहेलो रंगको पाउडर जस्तो लागुऔषध जफत भएको थियो।
पुलिसको प्रारम्भिक अनुमानमा यो हेरोइन हुनसक्ने आशंका गरेको छ। अभियुक्तदेखि मोबाइल फोन र केही नगद पनि जफत गरिएको छ। अनुसन्धानबाट पत्तो लागेको छ कि अभियुक्तले उत्तर 24 परगना जिल्लाको बानगाउँको एक निवासीबाट लागूऔषध प्राप्त गरेको थियो। अभियुक्त विरुद्ध मैदान थानामा सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ र अनुसन्धान शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी