खेलाड़ीमाथि ब्याटले हमला, केस दर्ता
खेलाड़ीमाथि ब्याटले हमला, केस दर्ता


महोबा, 19 दिसम्बर (हि.स.)। उत्तर प्रदेशको महोबामा स्टेडियममा खेलको क्रममा एक खेलाड़ीमाथि एक दबंगले आक्रमण गऱ्यो, जसमा खेलाड़ी घाइते भयो। पीड़ितको उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ।

जिल्ला मुख्यालय़को मुहाल सुभाष नगर निवासी प्रीतम राजपूतले कोतवाली पुलिसलाई दिएको उजुरीमा बताए, 16 दिसम्बरमा उनका भाई भरत राजपूत स्टेडियममा खेलिरहेका थिए। तब बल अभय चन्देलतिर गयो जसपछि दबंगले गाली गर्नथाल्यो। विरोध गर्दा ब्याटले हमला गऱ्यो, जसमा उसको भाई घाइते भएको छ।

शुक्रवार सदर कोतवाली प्रभारी निरीक्षक मनीष कुमार पाण्डेले उजुरीको आधारमा अभियुक्त अभय चन्देल विरुद्ध मुद्दा दर्ता गरिएको र घटनाको अनुसन्धान भइरहेको बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande