एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे
nk subba and bl santosh


गान्तोक, 19 दिसम्बर (हि.स.)। सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को संगठनात्मक आधारलाई अझ सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण कदमस्वरूप भाजपा सिक्किमका राज्य उपाध्यक्ष तथा राष्ट्रिय परिषद सदस्य एनके सुब्बाले आज नयाँ दिल्लीमा पार्टीका राष्ट्रिय महासचिव (संगठन) बीएल सन्तोषसँग बैठक गरे। उक्त जानकारी आज भाजपा सिक्किमले एक प्रेस विज्ञप्तिमा दिएको छ।

यस भेटमा आगामी नगर निगम चुनाउका लागि समग्र तयारीका साथै अन्य महत्वपूर्ण संगठनात्मक विषयहरूमा विस्तृत छलफल भयो। बैठकमा संगठनात्मक तयारी, रणनीतिक योजना र तृणमूल स्तरसम्म समन्वय मजबुत बनाउने विषयमा गहिरो विचार–विमर्श गरियो, जसले प्रभावकारी जनसम्पर्क सुनिश्चित गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

छलफलका प्रमुख बुँदाहरूमा सिक्किममा भाजपाको संगठनात्मक पहुँचलाई अझ विस्तार गर्ने, पार्टी कार्यकर्ताहरूको प्रभावकारी परिचालन गर्ने तथा जनकेन्द्रित दृष्टिकोण अपनाउँदै अनुशासित र सशक्त अभियान सञ्चालन गर्ने विषय समावेश थिए। प्रधानमन्त्री नरेन्द्र मोदीजीको भिजन अनुसार, विकासमुखी पहलमार्फत जनताका सरोकारहरू सम्बोधन गर्दै स्थानीय तहमा पार्टीको उपस्थितिलाई अझ मजबुत बनाउनेमा विशेष जोड दिइएको विज्ञप्तिमा उल्लेख छ।

उपाध्यक्ष सुब्बाले सन्तोषद्वारा प्रदान गरिएको मूल्यवान मार्गदर्शन र सुझाउका लागि आभार व्यक्त गर्दै ती निर्देशनहरूले पार्टीको शक्ति र तयारीलाई उल्लेखनीय रूपमा सुदृढ़ बनाउने विश्वास व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande