प्रदूषणको खतराबीच दिल्लीमा गाजीपुर ल्याण्डफिल साइटमा आगलागी
प्रदूषणको खतराबीच दिल्लीमा गाजीपुर ल्याण्डफिल साइटमा आगलागी


नयाँ दिल्ली, 19 दिसम्बर (हि.स.)। दिल्लीमा प्रदूषणको खतराबीच गाजीपुर ल्याण्डफिल साइटमा शुक्रवार आगो लाग्नाले भागाभाग मचियो। आगलागीको कारणले वरपर क्षेत्रका मानिसहरूलाई सास फेर्न समस्या भयो।

आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले यसलाई लिएर दिल्ली नगरनिगम (एमसीडी) तथा दिल्ली सरकारमाथि कटाक्ष गरेका छन्। उनले भने, गाजीपुर ल्याण्डफिल साइटमा आगो निभेन भने साँझसम्मा मेयरले राजीनामा दिनु पर्नसक्छ।

उल्लेखनीय छ, गाजीपुर ल्याण्डफिल दिल्लीका तीन प्रमुख फोहोर साइटहरूमध्ये एक हो जहाँ वर्षौंदेखिको मैला-कुचैलाको थुप्रो बढ़्दै गइरहेको छ। विपक्षले एमसीडीमाथि ल्याण्डफिल प्रबन्धनमा लापरवाही गरेको आरोप लगाउँदै आइरहेको छ जबकि दिल्ली सरकारको दाबी छ, बायो-माइनिंग र अन्य परियोजनाहरूबाट आगामी वर्ष 2026-सम्ममा यी साइटहरूलाई सफा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande