
हरिद्वार, 19 दिसम्बर (हि.स.)। दुष्कर्मको मामिलामा भगौड़ा आरोपीलाई पुलिसले यूपीको मुजफ्फरनगरबाट पक्राउ गरेको छ।
जानकारी मुताविक नगर कोतवालीमा गत 10 दिसम्बरमा विष्णुलोक कलोनी बीएचईएल रानीपुर निवासी एकजना महिलाले पुलिसलाई रिपोर्ट दिएर शिवम सैनी, पुत्र वेदप्रकाश उपनाम लोकेश निवासी ग्राम कवाल, थाना जानसठ, जिल्ला मुजफ्फरनगर उप्रमाथि विवाह गर्ने बहाना बनाएर उसकी पुत्रीसित शारीरिक सम्बन्ध राखेको अनि गाली ग रेको आरोप लगाउँदै मुद्दा दर्ता गराए।
आरोपीलाई पक्राउ गर्नको लागि पुलिसले टीम गठन गऱ्यो। पुलिस टीमले आरोपीलाई पक्राउ गर्नको लागि सुराकी तन्त्रलाई सक्रिय बनायो। सुराकीको सूचना पाएर पुलिसले आरोपी शिवम सैनीलाई जानसठ, जिल्ला मुजफ्फरनगर यूपीबाट पक्राउ गऱ्यो। पुलिसले कानूनी कारबाही गर्दै आरोपीलाई चालान गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा